गुल्मीको वडा गाउँमा भीषण आगलागी, ३० घर जलेर सखाप
भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस्

गुल्मी, १८ वैशाख । गुल्मीको वडागाँउमा भीषण आगोलागी भएको छ । वडागाउँ गाविसको वडा नं. १ र २ दजाकोट भन्ने स्थानमा सिङ्गो गाउमा लागेको आगोलागीबाट करिव ३० भन्दा वढी घर जलेर नष्ट स्थानियले बताएका छन् । स्थानीय सामुदायिक वनबाट फैलिएको आगो बस्तीमा पुग्दा पछिल्लो जानकारी अनुसार ३० भन्दा वढी घर जलेरनष्ट भएको स्थानिय बिमल छन्तेलले बताए । आगो नियन्त्रणमा ल्याउने प्रयास जारी रहेको छ । प्रहरी प्रशासन र स्थानीय जनताले आगो नियन्त्रणमा लिने प्रयास जारी रहेता पनि हावा हुरीका कारण आगो नियन्त्रण भन्दा वाहीर गएको बताइएको छ । पानीको अभावका कारण आगो निभाउने काममा लागि परेका उद्धारकर्मीलाई समेत समस्या भईरहेको जानकारी आएको छ । स्थानिय बिमल छन्तेलका अनुसार आगो वस्तीमा पसेकोले अन्दाजी ३० घर जलेको बताए । उनका अनुसार दर्जनौ बस्तु चौपायहरु मरेको भनाई छ । आगोलागीको क्षतीबारे बिस्तृत जानकारी आउन बाकी छ । आगो बस्तीमा पुगे सगै जिल्ला रेडक्रसको टोली उद्धार सामाग्री लिएर घटना स्थल तर्फ लागेको छ । यता जिल्लाको थानपति गाविसको खनिया रुख भन्ने स्थानमा लागेको आगोबाट २ गोठ र केहि घरमा आशिंक क्षती भएको स्थानिय दामोदर पोखरेलले बताए । आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । स्रोत-dainiknepal.com

0 comments

Write Down Your Responses