बाख्रोले जन्मायो दुरुस्तै मान्छे जस्तो पाठो,टाढा टाढादेखि हेर्नेको भीड
भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस्

एजेन्सी: मलेसियामा एउटा आश्चर्य लाग्ने घटना भएको छ । एउटा बाख्राले दुरुस्तै मानिस जस्तो पाठो जन्माएपछि त्यसले अहिले चर्चा पाएको छ । तर, बाख्राले मान्छे जस्तै हुलियाको जन्माएको पाठो भने मरिसकेको छ । जानकारी अनुसार दक्षिणी मलेसियाको फेल्डा काममा बस्दै आएका इब्राहिम बसिरको घरमा बाख्राले मान्छेकै अनुहार भएको पाठो केही दिनअघि जन्माएको थियो । इब्राहिमका अनुसार बाख्राको पाठो जो जन्मिएपछि मर्यो, त्यसलाई केही शोधकार्यमा सहज बनाउन भेटरनरी सर्भिसलाई बुझाइएको छ । 'बाख्राको यस्तो पाठो यसअघि कहिल्यै देखेको थिइनँ, भविष्यमा फेरि देख्न पनि नपाइएला' इब्राहीमले भने । बाख्राले मान्छे जस्तै पाठो जन्माएपछि टाढा टाढादेखि हेर्नेको भीड लागेको थियो । स्रोत- annapurnapost.com

0 comments

Write Down Your Responses