यौनसम्बन्ध राख्न नपाएपछि यसरि भयो सल्यानमा एकै परिवारका चारको हत्या
भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस्

सल्यान, १६ वैशाख । सल्यानमा मंगलबार राति एकै परिवारका चार जनाको हत्या यौन सम्बन्ध राख्न नपाएपछि भएको खुलेको छ । घटनाबारे विहीबार पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालय सल्यानले यौन सम्बन्ध राख्न नपाएपछि छायाँ गाविस–९ का २० वर्षीय सञ्जय भारतीले मङ्गलबार राति सोही गाउँमा एकै घरका तीन जनासहित चार जनाको भैँसी बाँध्ने किलाको प्रयोग गरेर हत्या गरेको तथ्य सार्वजनिक गरेको हो । त्यो राति भारतीले मदिरा सेवन गरेका थिए र उनी नशामा थिए । भारतीले मादक पदार्थ सेवन गरेको र यौन सम्पर्क नपाएपछि भैँसी बाँध्ने किलाले पालैपालो चारै जनाको हत्या गरेको बयान प्रहरीलाई दिएका छन् । उक्त घटनामा रानागाउँका रमेश खान ठकुरीकी २३ वर्षीया श्रीमती सीता, तीन वर्षीया छोरी पवित्रा, एक वर्षीया सविता र दिदीको घरमा आएकी शारदा नगरपालिका–१० मार्केकी १८ वर्षीया गीता गिरीको हत्या भएको थियो । ठकुरी वैदेशिक रोजगारीका सिलसिलामा भारतमा छन् । पक्राउ परेका भारतीमाथि कर्तव्य ज्यान मुद्दामा कारवाही प्रक्रिया अघि बढाइने सल्यानका डीएसपी श्याम खत्रीले पत्रकार सम्मेलनमा बताए । यसरी भयो पालैपालो हत्या जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक भूपेन्द्र घर्तिमगरका अनुसार मादक पदार्थ सेवन गरेर आएका भारतीले मृतक सीता र उनकी बहिनी शारदासँग यौन सम्बन्ध राख्न खोज्दा विवाद भएको थियो । पहिला सीतासँग सम्बन्ध राख्न खोज्दा उनले प्रतिवाद गरेपछि भारतीले उनको हत्या गरे । त्यसपछि उनकी बहिनी गीतासँग सम्बन्ध राख्न खोजे । उनले पनि प्रतिवाद गर्न खोजेपछि गोठबाट ल्याइएको भैँसीको किलाले अन्धाधुन्ध प्रहार गर्दा ज्यान गयो । त्यसपछि आफूलाई चिन्ने डरले दुई वर्षीय बालिकालाई हान्दा ११ महिने बालिकाको मृत्यु भयो । अन्तिममा दुई वर्षीय बालिकाको पनि हत्या गरे । ‘पहिलो प्रहार सीतामाथि गरे, त्यसपछि उनकी वहिनी अनि दुई नाबालकलाई पालैपालो प्रहार गरेको अनुसन्धानका क्रममा खुलेको छ’, प्रहरी नायव निरीक्षक घर्तिमगरले भने । यसैगरी भारतीले पहिला एक ६० वर्षीय वृद्धासँग सम्बन्ध राख्न खोजेका थिए । तर, प्रतिवाद भएपछि बृद्धालाई घाइते बनाएर सीताको घर पसेका थिए । भुन्टी नामको कुकुरले पत्ता लगायो हत्यारा एकै परिवारका चार जनाको हत्या गर्ने सञ्जय भारती घरमा लुकेर बसेका थिए । उनलाई खोज्न प्रहरी आफै खटिएका थिए । चार जना हत्या भएको घटनास्थल र सुरुमा आक्रमणमा परेर घाइते भएकी ६० वर्षीया महिलाको घरबाट प्रहरीले अनुसन्धान तथा सञ्जयको खोजी सुरु गरेको थियो । त्यसक्रममा प्रहरीले घटनास्थल नजिकै रहेका सञ्जिव भारतीलाई सुरुमै पक्रियो । उनलाई पक्राउ गरिसकेपछि घटनाको थप अनुसन्धानको लागि कोहलपुरबाट कुकुरसहितको प्रहरी टोली सल्यान आइपुग्यो । भुन्टी नामको कुकुर घटनास्थलमा भेटिएको रगतको आधारमा पछ्याउँदै संजय भारतीको घरसम्म पुग्यो र त्यही रोकियो । त्यसैको आधारमा घटनाका अभियुक्त उनै हुन भन्ने पत्ता लाग्यो र उनलाई घरभित्रैबाट पक्राउ गरियो । सुरुमा पक्राउ गरिएका सञ्जिवलाई छाडियो । श्रोत -dainiknepal.com

0 comments

Write Down Your Responses