यौन स्वास्थ्यलाई सुन्तुलनमा राख्न सजिवनको सुप ( पुरा हेर्नुस )
भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस्

सजिवन विभिन्न किसिमका रोगका बिरामीलाई औषधिका रुपमा प्रयोग गरिन्छ । सर्दी, खोकी, घाँटी तथा छातिको समस्यामा यो अचुक औषधि मानिन्छ । सजिवन तरकारी बनाएर वा उसिनेर पनि प्रयोग गर्न सकिन्छ । पानीमा उमालेर त्यसलाई पिउनु पनि निकै फाइदाजनक हुन्छ । श्वासप्रश्वासका समस्या भएका बिरामीलाई पनि उपयुक्त हुन्छ । सजिवनको सुप स्वास्थ्यका लागि सबैभन्दा राम्रो हुन्छ । यसका प्रचुर मात्रामा भिटामिन सी पाइन्छ । यसबाहेक बिटा केरोलिन, प्रोटिनसहित थुप्रै पौष्टिक तत्वहरु पनि यसमा हुन्छन् । म्यागेनिज, म्याग्नेसीयम, पोटासीयम र फाइबर पनि अत्याधिक हुन्छ । कसरी बनाउने सुप ? सजीवनलाई छोटा-छोटा टुक्रा बनाउनुस् । दुई कप पानीलाई उमाल्नुस् । उम्लिएको पानीमा काटिएका सजिवनको टुक्रा राखिदिनुस् । यसमा तपाईं चाहानुहुन्छ भने सजिवनको पात पनि हाल्न सक्नुहुन्छ । उम्लिएर पानी आधा भएपछि सजिवनको बोक्रा निकालेर गुदीलाई मात्रै राख्नुस् । यसमा थोरै कालो मरिच र नुस राखे पिउनुस् । सजिवनका सुपका फाइदाहरु १. सजिवनको सुप सेवानले यौन स्वास्थ्यलाई सुन्तुलनमा राख्न सकिन्छ । यसले महिला र पुरुषको यौन स्वास्थ्यमा सामन खालको प्रभाव छोड्छ । यसले वैवाहिर र यौन जीवनलाई सुखीराख्न सहयोग गर्छ । २. सजिवनमा एन्टी ब्याक्टेरियल गुणहरु पनि हुन्छन् । जसले अन्य विभिन्न संक्रमणहरुबाट सुरक्षित राख्न मद्धत गर्छ । ३. सजिवनको सुपले पाचन प्रणालीलाई पनि चुस्त राखिदिन्छ । यसमा भएको फाइबरले कब्जियतको समस्या हुन दिँदैन । ४. दमका बिरामीहरुलाई पनि सजिवन फाइदाजनक हुन्छ । चिसो गढेर सर्दी भोगिरहेका र घाँटी तथा छातिमा समस्या भएकाहरुलाई यसले विशेष फाइदा पुर्‍याउँछ । ५. सजिवनको सुप रगतको सफाइमा सहयोगी हुन्छ । रगत सफा भएपछि मान्छेको अनुहारमा पनि चमक आउँछ । ६. मधुमेह नियन्त्रण्मा राख्न पनि डाक्टरहरुले सजिवनको सुप प्रयोग गर्न सल्लाह दिन्छन् ।

0 comments

Write Down Your Responses