एकै परिवारको ४ जनाको हत्या गरेको आरोपमा सल्यान प्रहरीले संजय भारतीलाई पक्राउ गरेको छ। गत १४ गते राति छाँयाक्षेत्र गाविस ९ रानागाँउका सीता खाँण, उनका २ जना छोरी र बहिनीको हत्या गरेको आरोपमा उनी पक्राउ परेको डिएसपी श्याम खत्रीले सेतोपाटीलाई जानकारी दिए। प्रहरीसँगको बयानमा उनले आफूलेनै हत्या गरेको स्वीकारेका छन्।
आफ्नै कोठामा सुतिरहेको अवस्थामा सीता खाँण उनको छोरीहरू साढे २ वर्षकी पवित्रा, ११ महिनाकी सविता खाँण र खाँणको बहिनी शारदा नपा ८ मार्के घर भई साथमै बस्दै आईरहेकी १८ वर्षकी गीता गिरीलाई गाईवस्तु बाध्ने काठको किलोले टाउकोमा प्रहार गरी कर्तव्य गरी मारेको अभियोगमा उनी पक्राउ परेको खत्रीले बताए।
भारतीले जुठ्ठी अधिकारीलाई समेत घरमा सुतेको अवस्थामा टाउकोमा लाठीले प्रहार गरी घाईते बनाएको उनले बताए। अनुसन्धानका लागि मध्य पश्चिम क्षेत्रीय प्रहरी कुकुर शाखा कोहलपुरवाट भुन्टी नामको कुकुरले भारतीलाई पक्राउ गरेको डिएसपी खत्रीले बताए।
उनले एकै परिवारका ४ जनालाई किन हत्या गरेको विषयमा प्रहरीले मध्यान्ह १२ बजे पत्रकार सम्मेलन गरेर जानकारी दिँदैछ।
सल्यानमा ४ जना हत्या गर्नेलाई 'भुन्टी' कुकुरले समात्यो

0 comments
Write Down Your Responses