काठमाडौँका जिशिअलाई विप्लव माओवादीले मोसो दले
काठमाडौं: विप्लव नेतृत्वको माओवादी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले काठमाडौंका जिल्ला शिक्षा अधिकारी शंकर गौतमलाई मोसो दलेका छन् ।
अािर्थक अनियमितता गरेको, नीजि विद्यालय सञ्चालकले विद्यार्थीसंग मनपरि शुल्क लिइरहेपनि नियन्त्रण गर्न नसकेको लगायतका आरोप लगाउँंदै गौतमलाई कालोमोसो दलिएको हो । गौतमलाई विद्यार्थीहरुले कार्यकक्षमा नै पुगेर मोसो दलेका थिए ।
गौतमले भने आफूले कुनैपनि अनियमितता नगरेको, नियमित कर्तव्य निर्वाह गरिरहेको बताए । ‘जिशिअ, स्थानीय विकास अधिकारी लगायतका पदमा बसेका व्यक्तिलाई यस्तो घटना हुनु सामान्य हो’ गौतमले भने, ‘म यस्तो कामबाट कहिल्यै पनि हतोत्साही हुन्न । आफ्नो जिम्मेवारी पुरा गरिरहन्छु ।
स्रोत-annapurnapost.com

0 comments
Write Down Your Responses