फोटो :ग्रिसबाट अपहरण मुक्त भएका कृष्ण । तस्बिर: नेपाल प्रहरी
नेपालमै बसेर प्रहरीले यसरी छुटायो
काठमाडौं: ग्रिसमा एक नेपाली युवा नेपालीबाटै अपहरणमा परेका छन् । संखुवासभाको चैनपुर–१ ओरिङ्गा घर भइ ग्रिसमा रोजगारीमा रहेका २४ वर्षीय कृष्ण गुरुङ नेपालीबाटै अपहरणमा परेका हुन् ।
गुरुङको अपहरणकाण्डबारे उनका दाजु चन्द्रप्रसाद गुरुङले नेपाल प्रहरीमा उजुरी दिएपछि घटना सार्वजनिक भएको हो ।
भाइ अपहरण परेको सूचना दाजु चन्द्रप्रसादले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोमा जाहेरी दिएपछि तथ्य बाहिर आएको हो ।
चैत १७ मा चन्द्रप्रसादले भाइको ग्रिसमा अपहरण भएको सूचना प्रहरीमा दिएपछि अनुसन्धान थालिएको थियो ।
केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जले घटनाबारे ईन्टरपोलमार्फत ग्रिसको प्रहरीसँग समन्वय गरी त्यहाँको अनुसन्धान अधिकृतसँगको समन्वयमा कृष्ण गुरुङलाई करिब एक महिनापछि छुटाउन सफल भएको छ ।
उजुरी आएपछि पीडितका दाजु चन्द्रप्रसाद र उनका आफन्तहरूको सम्पर्क र समन्वयमा तथा ईन्टरपोलको सहयोगमा नेपालबाटै अपहरणकारीको पहिचान, पक्राउ र पीडितको उद्दार गर्न प्रहरी सफल भएको हो ।
पीडितहरुले दिएको सूचनाका आधारमा पीडितको ज्यान बचाउने रणनीति अनुसार प्रहरीले ग्रिसको राजधानी एथेन्सका सम्भावित र शंकास्पद इलाकाहरूमा त्यहाँको प्रहरी परिचालित गराई बन्धक बनाएको स्थान पत्ता लगाउन सफल भएको हो ।
प्रहरीले एथेन्सस्थित न्यायिक निकायको समेत संलग्नतामा खोजी गर्दा पीडितलाई हात र खुट्टा बाँधिएको, टाउको र शरिरको विभिन्न भागहरूमा चोटपटक लागेको अवस्थामा एथेन्सको किप्सेली इलाकाबाट अपहरणमुक्त गराइ सकुशल उद्धार गर्न सफल भएको हो ।
यो घटनामा संलग्न ब्यक्तिहरूलाई ग्रिस प्रहरीले पक्राउ गरी कानुनी कारवाही अगाडी बढाएको छ। प्रारम्भिक अनुसन्धानबाट अपहरित कृष्ण गुरूङ ७ वर्षअघि वैदेशिक रोजगारीका लागि इराक पसेका उनी दुई वर्षअघि ग्रिस पुगेका थिए ।
उनी ग्रिसकै सहर थेसालोनिकीबाट दुई वर्षअघि ग्रिसको राजधानी एथेन्स पुगेका थिए ।
स्रोत-annapurnapost.com
ग्रिसमा यसरी गरियो नेपालीबाटै नेपालीको अपहरण

0 comments
Write Down Your Responses