उदयपुरमा आफ्नै बाबु,अर्का एक छिमेकी र आफ्नै मामाबाट १३ वर्षीया बालिका पटक–पटक बलात्कार
भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस्

उदयपुरको बेल्टार बसाहा नगरपालिकाकी–१३ वर्षीया बालिका बलात्कारको आरोपमा आफ्नै बाबु र अर्का एक छिमेकी पक्राउ परेका छन । स्थानीय स्कुलमा कक्षा ६ मा अध्यनरत बालिकालाई आफन्तबाटै पटक–पटक बलात्कार गरेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेल्टारले बिहीबार पक्राउ गरेको हो । बालिकाकी बाबु र दाई नाता पर्ने छिमेकी र आफ्नै मामाले ६ महिनाअघि देखि डर देखाएर जवरजस्ती गर्ने गरेको पीडितकी आमाले दिएको उजुरीको आधारमा बाबु र छिमेकीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक भिमप्रसाद सिलवालले बताए । पीडित बालिकाले भनिन्– ‘मंसिर महिनामा घरमा आमा नभएको अवस्थामा बाबुले मादक पदार्थ सेवन गरि छोरीलाई जवरजस्ती गरेको त्यसपछि मामाघरमा जाँदा मामाले नै जवरजस्ती गर्ने गरेको र पछि छिमेकी दाजु पर्नेले पनि डर देखाएर बलात्कार गरे ।’ आरोपी बाबु र छिमेकी दाईलाई हिरासतमा लिएर अनुसन्धान सुरु गरिएको छ भने मामा चाहिँ रोजगारीको क्रममा जिल्ला बाहिर रहेको बुझिएकाले पक्राउ गरिने प्रहरी निरीक्षक सिलवालले जानकारी दिए । प्रहरीले बताएअनुसार विहीबार अबेर आरोपीहरु पक्राउ गरिएकोले शुक्रबार मुद्दा दर्ता गरि अनुसन्धान गरिने छ । स्रोत;कुइक न्युज

0 comments

Write Down Your Responses