सुर्खेतको हर्रेमा बस दुर्घटना, १६ यात्र घाइते
भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस्

सुर्खेत, ४ जेठ । सुर्खेत जिल्लामा खचाखच यात्रु बोकेको बस दुर्घटना हुँदा १६ यात्रु घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । भेरीगंगा– ९ हर्रेमा सोमबार साँझ पौने ६ बजे ना ३ ख ४७३५ नम्बरको बस दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये भेरीगंगा नगरपालिका– १२ का भारत बस्याल, सोही ठाउँका लालबहादुर घर्ती र कल्पना परियारको अवस्था गम्भीर रहेको छ । घाइते सबैलाई ओम स्वस्तिक नर्सिङहोममा उपचारका लागि पठाइएको छ । दुर्घटनामा संलग्न बस र चाललाई सुर्खेत प्रहरीले नियन्त्रणमा लिएको छ । स्रोत-dainiknepal.com

0 comments

Write Down Your Responses