एजेन्सी–चिडियाघरमा जनावरहरुलाई थुनिन्छ र मानिसहरुले उनीहरुलाई जेलभित्र हेरेर मज्जा लिन्छन् । संसारभर यस्ता थुप्रै चिडियाघर छन् । तर संसारमा यस्तो अनौठो चिढियाघर पनि छ , जहाँ मानिसलाई हेर्न जनावर आउँछन् ।13245832_10206615436048081_324216981_n
यस चिढियाघरको नाम लिही लिडू वाइल्डलाईफ राखिएको छ । यो चीनको चोंगक्विंग शहरमा छ । यहाँ जनावरलाई मानिसहरुले खुलमखुला हेर्न सक्छन् । तर उनीहरु आफैँ भने गाडीमा कैद हुन्छन् । मानिसहरुलाई गाडीमा कोचिन्छ र उनीहरुलाई घुमाइन्छ । त्यसरी घुमेर उनीहरुले विभिन्न जनावरलाई नियाल्न पाउँछन् । यहाँ बंगाल टागइर सबैले हेर्ने आर्कषक जनावर हो । यस चिढियाघरका प्रवक्ता चान लियांगका अनुसार गाडीमा थुनिएका मानिसहरुले त्यसरी डुल्ने क्रममा शरिरका कुनै पनि भाग बाहिर निकाल्न पाउँदैनन् किनकी कुनै पनि भाग बाहिर निस्कियो भने जनावरले त्यसमा आक्रमण गर्ने संभावना रहन्छ । यस चिढियाघरमा बसेर जनावर हेर्दै सफारी गर्नका लागि धेरै मानिसहरु वेटिंग लिस्टमा छन् ।
एउटा यस्तो चिडियाघर जहाँ मान्छे थुनिन्छन् र जनावरले स्वतन्त्र भएर हेर्छन्

0 comments
Write Down Your Responses