जनताले नै लखट्ने भए मोर्चाका कार्यकर्तालाई
भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस्

बाटोमा हिड्ने मानिसहरु आन्दोलनकर्मीलाई लखट्ने योजनाहरु बनाइरहेको सुनिन्थ्यो । संघीय गठबन्धनले जनताका यी आवाजहरुलाई ध्यान नदिइ यस्तै आन्दोलन जारि राखे जनताबाट लखटिने निश्चितै छ । जनतालाई अनावश्यक दुख दिने हो भने लखटिने सम्भावना हुन्छ भन्ने कुरा मोर्चाका नेताहरुले यसअघि पनि अनुभव गरिसकेका छन् । केहि महिनाअघि मात्रै पार्टीको कार्यक्रमका लागि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव वीरेन्द्रनगरमा यु्वाहरुले लखटेका थिए । वीरेन्द्रनगरमा रहेको भ्याली भ्यू होटलमा खाना खान पुगेका उनलाई एक हुलले लखटेको थियो । युवाहरुको विरोधका कारण अवस्था तनावपूर्ण बनेपछि फोरम अध्यक्ष यादव पस्केको भारत समेत छाडेर कुलेलम ठोकेका थिए । यसभन्दा अघि पनि उपेन्द्र यादवलाई काठमाडौँको माइतीघरमा राजेन्द्र सापकोटाले लखटेका थिए । यादवलाई लखटेपछि सापकोटालाई धन्यवाद दिने कम थिएनन् । मधेसमा आन्दोलन चर्काईरहेको समयमा आन्दोलन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले माग पूरा नगरेसम्म राजधानी नफर्किने अडान लिएको मोर्चा आखिरमा आन्दोलन गर्न काठमाडौँमा आएको छ । मधेस आन्दोलनका नाममा देशमा अबौँ रकमको घाटा भयो भने ५० जना भन्दा बढीले ज्यान गुमाए । सरकारले वार्ताको आग्रह गरेपनि मोर्चाले वार्तालाई प्राथमिकता दिएको छैन । यस्तो अवस्थामा आन्दोलन नै गरिरहे र जनतालाई दुख दिइरहे जनताले फेरि नखेद्लान भन्न सकिन्न ।

0 comments

Write Down Your Responses