लाहानमा तीन मोटरसाइकल एकैसाथ आपसमा ठोक्किदा घटनास्थलमै चार जनाको मृत्यु
भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस्

सिरहाः पूर्वपश्चिम लोकमार्ग अन्तर्गत सिरहाको लहान भोटियाटोलमा मंगलबार राति भएको दुर्घटनामा चार जनाको मृत्यु भएको छ । एक गम्भिर घाइते भएका छन् । राति साढे १० बजेको समयमा तीन मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानले जानकारी दिएको छ । दुर्घटनामा परी लहान–५ का ४५ वर्षका नजा सदाय, गोलबजार ६ का ४० वर्षका रामाशिष पासवान, १८ वर्षका विवेक सिंह र ब्रम्हपुर–३ सप्तरीका ५५ वर्षका लक्ष्मण रामको मृत्यु भएको छ । चारै जनाको घटनास्थलमै ज्यान गएको ट्राफिक प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका सिरहाको बलकवा ४ का सवेश गोश्वामीको अवस्था गम्भिर रहेको छ । उनको थप उपचारका लागि विराटनगर लगिएको छ । स.३प १६०, स.३प ९२०८ नम्वरको मोटरसाइकल एकआवपसमा ठोकीएपछि अर्को स. २ प ६७ नम्वरको मोटरसाइकल पनि त्यही ठोकिएको प्रहरीले जनाएकोछ । कुन कुन मोटरसाइकलमा कुनकुन यात्रु सवार थिए भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ । सवैको सव पोष्टमार्टमको लागि लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका स्मारक अस्पतालमा राखिएको छ । स्रोत-annapurnapost.com

0 comments

Write Down Your Responses