आन्दोलनकारीको निशानामा सर्वसाधरण देखि ट्राफिक सम्म (फोटोफिचर)
भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस्

जेठ ५, काठमाडौं । संघीय गठबन्धनको राजधानीकेन्द्रीत आन्दोलनका क्रममा बुधबार काठमाण्डुको शान्ति वाटीकामा जनसभा गर्ने कार्यक्रम थियो । त्यहीबाट उनीहरुले थप १० दिने आन्दोलनका कार्यक्रम समेत सार्वजनिक गरे । तर, जनसभामा सहभागीता जनाउन गएका गठबन्धनका कार्यकर्ताको गतिबिधि हेर्दा यस्तो थियो कि उनिहरुमा कुनै मानवता छैन् । । सिंहदरबार, भद्रकाली हुँदै गइरहेका आन्दोलनकारीका पछाडि -पछाडि सर्वसाधरणको बाइकका लाम थिए । गतव्यमा हिडेका सर्वसाधरण यस्तो गर्मीमा आतिएका मात्र होइन गतव्य पुग्न समेत हत्तारमा थिए । त्यसै समयमा बाइकका हर्ने एकसाथ बजे त्यति भए पछि आन्दोलनकारीलाई भने जस्तो भई हाल्यो अनि उनिहरुले बाइकमा गतव्य हिडेका सर्वसाधरण माथि लाडि र्बासाइ हाले ।आन्दोलनकारीले बाइकमा बसेकी महिलालाई समेत छोडेन् । त्यति मात्र नभएर उनिहरुले डिभाइडर उठाएर ट्राफिकलाई पटक–पटक प्रहार गरे । बर्दीमा रहेका प्रहरीमाथि एक आन्दोलनकारीले एक पटक होइन पटक पटक लठीले उठाएर हान्दासमेत सुरक्षार्थ खटिएका प्रहरीले माथिको आदेश छैन भन्दै मौन रहे ।

0 comments

Write Down Your Responses