मुखमा मास्क लगाएकी महिलाले लिफ्ट मागेर नगद लुटेपछि…
काठमाडौं– गोरखाको फुजेल स्थायी घर भएका रामप्रसाद तिवारी काठमाडौंको रानिवन बस्थे । सोमबार राती ठमेलबाट रानिवन जाँदै गर्दा उनि चढेको ना. २८ प ९०५ नम्बरको मोटरसाईकल म्हैपी पुलमा एक अपरिचीत महिलाले रोकिन् ।
रातको समयमा लिफ्ट मागेकी महिलालाई उनले लिफ्ट दिनका लागी मोटरसाईकल रोके । तर बिडम्बना मोटरसाईकल रोकेको केहि छिनमै तिवारी लुटिए ।
तिवारीले मोटरसाईकल रोक्नासाथ ति महिलाले उनलाई नशालु पदार्थ सुँघाएर बेहोस बनाउँदै १० हजार नेपाली रुपैयाँ र १ हजार दुई सय अठासी अमेरिकी डलर लुटेर भागेको प्रहरीले जनाएको छ । म्हैपी पुल नजिकै अध्ँयारो झाडीमा मुखमा कालो मास्क लगाएर बसेकी अपरिचित महिलाको खोजि भईरहेको प्रहरीले जनाएको छ ।

0 comments
Write Down Your Responses