एजेन्सी, थाइल्याण्डमा एक पर्यटकको यौन सम्पर्क गर्ने क्रममा मृत्यु भएको छ ।
डेलि मेलले जनाएअनुसार उनले एक २२ वर्षीया एक युवतीसँग यौन सम्पर्क गरिरहेका थिए । यस समयमै उनको टाउको भित्तामा ठोकियो र उनको मृत्यु भयो ।
रिपोर्टका अनुसार करिब ४० वर्षीय ती व्यक्तिको यौन सम्पर्कका बेला टाउकोमा चोट लागेर मृत्यु भयो । घटनाबारे बाहिर आएको तस्बिरमा नांगो शवसँगै ‘कर्ल गर्ल’ पनि छेउमा देखिएकी छन् ।
कर्ल लर्गका अनुसार ती पर्यटकले धेरै रक्सी पिएका थिए र करिब ८० हजार रुपैयामा उनीसँग डिल भएको थियो ।
प्रहरीले यस विषयमा अनुसनधान गरिरहेको छ ।
काठमाडौं, ३ जेठ । भारतीय सीमामा चीनले आफ्नो सेना बढाएपछि अमेरिकाले चिन्ता जनाउँदा चीनले कडा प्रतिक्रिया जनाएको छ ।
चीनका एक शीर्ष अधिकारीले सोमबार भारत र चीनबीचको सीमा विवाद सुल्झाउने शान्तिपूर्ण प्रयासलाई अमेरिकाले सम्मान गर्नुपर्ने बताएका छन् । ती अधिकारीले दुई देशको विवाद सुल्झाउन चीन सक्षम रहेको भन्दै अमेरिकालाई बीचमा चिन्ता नजनाउन आग्रह गरेका छन् ।
चिनियाँ विदेश मन्त्री वाङ यीले पेन्टागनको एक रिपोर्टमा भारतसँगका सीमा विवाद शान्तिपूर्ण तरिकाबाट सुल्झाउन चीन प्रतिबद्ध रहेको बताए । उनले यो कदममा बाह्य देशले बोल्न नहुने विचार समेत व्यक्त गरेका छन् ।
यो पनि पढ्नुस्ः भारतीय सीमामा आक्रोशित हुँदै चीनले सैनिक बढाएपछि अमेरिका चिन्तित
– भारतीय सीमामा चीन आक्रोशित, पीएलए खटायो
उनले भारतीय सीमामा चीनले सैन्य बल बढाएको कुरा गम्भीर भएको बताए । ‘भारतीय सीमामा सैनिक बढाएको अमेरिकी रक्षा मन्त्रालयको रिपोर्ट सत्य छैन्’ विदेशमन्त्री वाङले भनेका छन् । उनले यसमाथि गहिरो असन्तोष जनाउँदै दृढ विरोध पनि जनाए ।
तर, भारतीयहरुले चीनले जे गर्छ त्यो बाहिर नल्याउने र अमेरिकाले गुप्चरमार्फत चीनले सेना बढाएको कुरा पत्ता लगाएको भन्दै सेना बढाएको छैन् भन्ने चिनियाँ विदेशमन्त्रीको भनाईमा विश्वस्त नरहेको बताएका छन् ।
भारतीय पत्रिका नवभारत टाइम्समा प्रकाशित समाचारमा चिनियाँ सेनाका कारण तीनै देशबीच थप तनाव बढ्ने देखिएको उल्लेख छ ।
नेपालका लागि भनेर चीनले अन्तर्राष्ट्रिय रेल सेवा सुरु गरेपछि भारत निकै आत्तिएको छ । जसको पुष्टि एक भिडियो रिपोर्टमार्फत गरिएको छ ।
रिपोर्टमा भारतको हातबाट नेपाल फुत्किएको र चीनको पोल्टामा परेको पनि उल्लेख छ भने भारतविरोधी भावना जागृत गराएर चीनले स्थान बनाएको आरोप पनि लगाइएको छ ।
हेर्नुस् भिडियो रिपोर्टः
एजेन्सी । अमेरिकामा एउटा अनौठो घटना भएको छ ।
जहाँ दुई छात्रा र एक छात्रले स्कुलमा भइरहेको क्लास छाडेर एकआपसमा सेक्स गरेका छन् । यति मात्रै हो र उनीहरुले फेसबुकबाट आफ्ना क्लासमेटका लागि लाइभस्ट्रीम (फेसबुक भिडियोबाट लाइभ देखाउनु) गरेका छन् ।
अमेरिकी पत्रिका न्युयोर्क टाइम्सलाई उद्धृत गर्दै लेखिएको समाचारमा यी तीनै विद्यार्थीमा १४ र १५ वर्षकी दुई किशोरी र १५ वर्षका किशोर छन् । पुलिस यी तिनै विद्यार्थीलाई खोजिरहेको छ ।
यो घटना १४ जनवरीको हो । मिलवाको सिटी पुलिसले यो घटनासँग जोडिएका सारा जानकारी फेसबुकसँग मागेको छ । यसमा फेसबुक स्टाटसदेखि लिएर, फोटो, भिडियो, नाम आदि उल्लेख छ ।
तीनै विद्यार्थी पढ्ने स्कुल ।
- एजेन्सी
वैशाख २७, २०७३-
अफ्रिकी मुलुक एरिट्रियाले आफ्नो देशका पुरुषले अनिवार्य रूपमा कम्तीमा दुई महिलासँग विवाह गर्नै पर्ने नियम ल्याएको छ ।
इथियोपियासँगको युद्धका क्रममा धेरै पुरुषको ज्यान गएको र अहिले महिलाको भन्दा पुरुषको जनसंख्या कम भएकाले यस्तो नियम बनाइएको हो । यो नियमअनुसार हरेक पुरुषले कम्तीमा २ महिलासँग विवाह गर्नुपर्छ । बहुविवाह गर्न नमान्ने व्यक्तिलाई कठिन श्रमसहितको जन्म कैदसम्म हुनसक्छ ।
आफ्नो श्रीमान्लाई बहुविवाह गर्नबाट रोक्ने महिलालाई पनि जन्म कैदको सजाय हुनसक्छ । सन् १९९८ को मेदेखि सन् २००० को जुनसम्म इथियोपियासंगको युद्धका क्रममा एरिट्रियाका १ लाख ५० लाख सुरक्षाकर्मीको ज्यान गएको थियो । ४० लाख जति जनसंख्या रहेको एरिट्रियामा पुरुषको संख्या कम हुँदा महिलाको विवाहमा समस्या उत्पन्न भएको छ ।
केही दिन अगाडि मात्र बिबाह बन्धनमा बाँधिएका नायिका विपाशा वासु र नायक करण सिंह ग्रोवर अहिले हनिमुन मनाउन भारत बाहिर छन् । यो जोडीको हनिमुन कती रोमान्टिक भैरहेको छ भन्न वुझ्न तस्बिर मात्र हेरे पुग्छ ।
करणले इन्स्ट्राग्राममा राखेको तस्बिरमा नायिका विपाशा वासु हट देखिएकी छिन् । समुन्द्री तटमा विपाशाको तस्बिर आकर्षक र हट लाग्छ । यो जोडीका लागि होटलको विस्तारा पनि आकर्षक तरिकाले सजाइएको छ ।
विपाशा करणकी तेश्री श्रीमती हुन् । बलिउडमा करिअर ओरालो लागेपछि विपाशाले बिहे गर्ने निर्णय गरेकी थिइन् ।
काठमाडौं, २९ वैशाख । भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (बीजेपी)का एक जना सांसदले नेपालले चीनको समर्थन लिएर भारतलाई धम्क्याएको आरोप लगाएका छन् ।
बुधबार भारतीय तल्लो सदन लोकसभा बैठकमा बोल्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी बीजेपीका सांसद निशिकान्त दुबेले पछिल्लो समय नेपालले चीनसँग मिलेर भारतलाई बारम्बार धम्क्याइरहेको आरोप लगाए ।
उनले भने- ‘नेपालले दिल्लीबाट आफ्ना राजदूतलाई फिर्ता बोलाएको छ । काठमाडौंमा रहेका हाम्रा राजदूतलाई पनि फिर्ता पठाउने षडयन्त्र गरिरहेको छ । आफैमा कमजोर भएरपनि नेपालले चीनको समर्थनमा भारतलाई धम्क्याइरहेको छ । यो राम्रो कुरा होइन् ।’
उनले बेलैमा भारतले नेपालप्रति कठोर नीति अख्तियार गर्नुपर्ने धारणा राखेको भारतीय पत्रिका द इण्डियन एक्सप्रेसले जनाएको छ ।
नेपालको सीमामा पुरै तारबार लगाउन माग
यसैबीच लोकसभा बैठकको शून्य समयमा बोल्ने क्रममा बीजेपी सांसद दुबेले नेपालसँग जोडिएका सबै सीमाहरुमा भारतले तारबार र पर्खाल लगाउनुपर्ने बताए ।
उनले भने- ‘नेपाल चीनतर्फ झुक्यो । यो भारतका लागि खतरा हो । अब कठोर नीति अख्तियार गर्दै पाकिस्तान र बंगलादेशको सीमामा जस्तै नेपालतिर पनि तारबार लाउनुपर्छ । यसमा सरकारको ध्यान जाओस् ।’
निकै आक्रोशित भएर बोलेका सांसद दुबेले भारतमा राजदूत फिर्ता बोलाउने र राष्ट्रिपतिको भ्रमण रद्द गर्ने ओली सरकारको निर्णयमा आपत्ति जनाएका थिए ।
बाबुसँग पुलिसलाई उजुरी दिन पुगेकी पीडित किशोरी
एजेन्सी । उत्तर प्रदेशमा मदर्स डे काृ एक दिनपछि यस्तो घटना बाहिर आएको छ जसले आमा जस्तो पवित्र सम्बन्धलाई लज्जास्पद गरिदिएको छ ।
घटनाअनुसार एक किशोरीले आफ्नै आमाको दबाबका कारण छिमेकीसँग विगत दुई वर्षदेखि जबरजस्ती शारीरिक सम्बन्ध बनाउन बाध्य हुनुपरेको सनसनीपूर्ण कर्तुतको खुलासा गरेकी छिन् ।
घरको इज्जत, आमा बाबुको सम्बन्ध नविग्रियोस भनेर उनी आफूमाथि दुई वर्षदेखि हुँदै आएको अत्याचार सहँदै आएकी थिइन् । तर, जब आमाले जबरजस्ती उसैसँग विहे गरिदिन खोजेपछि किशोरीले आफ्नो धैर्यताको बाध तोड्दै सबै कुरा आफ्ना बाबुलाई सुनाइन् ।
छोरीको कुरा सुनेर बाबुको होसै उड्यो र तत्कालै उनी उजुरी गर्न पुलिस चौकी पुगे । उनले आफ्नी कथित श्रीमती र छिमेकीविरुद्ध प्रहरीमा उजुरी दिए । उजुरी पाएपछि प्रहरीले दुबैलाई गिरफ्तार गर्यो ।
यसरी हुन्थ्यो दिनदिनै रेप
प्रहरीका अनुसार जूही प्रहरी थाना क्षेत्रको परमपुरवा क्षेत्रमा बस्दै आएका रमाशंकर (नाम परिवर्तन) परिवारको पेट पाल्न पान पसल चलाउथे । उनको परिवारका तीन छोरी र एक छोरा छन् । छोरीहरुमा माईली छोरी कक्षा ९ की छात्रा हुन् । जो आफ्नै आमाका कारण यौनशोषणको सिकारमा परिन् । माइतली छोरीले प्रहरीमा दिएको वयान अनुसार छिमेकमा बस्दै आएका राजु नामका युवक विजुली मिस्तरी हुन् । र उनको घर आउने जाने गरिरहन्थे ।
पीडितले भनेकी छिन्– मेरी आमा छिमेकी राजुसँग जबरजस्ती आफ्नै अगाडि घरमै शारीरिक सम्बन्ध राख्न लगाउँथिन् । यसका साथै उनी कसैलाई बताए मारिदिने धम्की पनि दिन्थिन् ।
पीडितले रुँदै भनिन्– जब बाबु आफ्नो पसल जान्थे र भाई नौकरी र बहिनी पढ्न स्कुल जान्थे । त्यो समयमा राजूलाई घरमा बोलाएर आमा शारीरिक सम्बन्ध राख्न लगाउथिन् । विरोध गर्दा आमा मेरो हात खुट्टा समातेर राजूलाई जबरजस्ती सम्बन्ध राख्न लगाउथिन् ।
विगत दुई वर्षसम्म चलेको यो सिलसिलाका क्रममा आमा उनलाई यो नै तेरो श्रीमान हो, यसलाई(छिमेकी)लाई श्रीमान मान्नुपर्छ भन्दै तेरो विहे यसैसँग हुन्छ भनेर मानसिक दबाब समेत दिन्थिन् ।
जूही प्रहरी थाना प्रमुख ज्ञानेन्द्र सिंहका अनुसार पक्राउ परेको आमा र छिमेकी युवक राजूमाथि कारवाही सुरु भएको छ । उनीहरुमाथि कम्तीमा २० वर्षको जेल सजाय हुनसक्छ ।
स्रोत-dainiknepal.com
घटनामा ज्यान गुमाएका विद्यार्थीको नाम आदित्य सचदेव
गया – बिहारको गयामा एक सांसद्का छोराले सडकमै गोली हानेर विद्यार्थीको हत्या गरेका छन् । सत्तारुढ जनता दल युनाइटेडकी सांसद् मनोरमा देवीका छोराले सडकमा विद्यार्थीले साइड नदिएको झाँेकमा गोली प्रहार गरेका हुन् ।
घटनापछि आरोपित रकी यादव गायब छन् । प्रहरीले मनोरमाका पति बिन्दी यादव र उसका अंगरक्षकलाई पक्राउ गरिसकेको छ । मुख्य आरोपीको भने खोजी जारी छ ।
मनोरमाका पति बिन्दी यादव गया जिल्लाका चर्चित डन मानिन्छन् । उनीमाथि यसअघि नै थुप्रै आरोपहरु लागेका छन् ।
car_1462680835
बिन्दीका छोरा शनिबार राती झन्डै ११ बजे आफ्नो नयाँ ल्याण्ड रोभर कारमा सयर गर्दै थिए । उनको अगाडी अर्को कार थियो । रकीले आफ्नो गाडी उक्त कारभन्दा अघि लैजादै थिए । तर स्विफ्ट कार चलाउने ड्राइभरले अगाडी ठाउँ नभएका कारण साइड दिन पाएनन् । त्यसपछि रकीले स्विफ्ट कारलाई ओभरटेक गरे ।
त्यसपछि गाडीलाई छेकेर स्विफ्ट कारमा बस्ने विद्यार्थीसँग झगडा गरे । विवादकैबीच उनले विद्यार्थीलाई गोली हाने ।
यस घटनामा ज्यान गुमाएका विद्यार्थीको नाम आदित्य सचदेव हो । उनी आफ्ना केही साथिसँग जन्मदिनको पार्टी मनाएर फर्किएका थिए । उनका बाबु गयाका ठूला पाइप व्यापारी हुन् । प्रहरीले अनुसन्धानपछि मनोरमा देवीको घरबाट कार बरामद गरेको छ ।
अहिले यस घटनाको विरोधमा पटनाको सडकमा सर्वसाधारण उत्रिएका छन् । सर्वसाधारणले हत्यारालाई पक्राउ गर्नुपर्ने माग गरेका छन् ।
हत्याराका बाबु बिन्दी यादवमाथि हत्या, अपहरण र लुटका थुप्रै मुद्धा छन् । केही महिनाअघि प्रहरीले उनको घरबाट हतियार बरामद गरेको थियो ।
तर राजनैतिक पहुँच निकै माथिसम्म भएका कारण उनलाई कसैले कारबाही गर्न पाएको छैन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार उनले माओवादीलाई समेत हतियार सप्लाई गर्दै आएका छन् ।
स्रोत-ratopati.com
पूर्वी अफगानिस्तानको घाजनी राज्यमा आइतबार सडक दुर्घटना हुँदा कम्तिमा ७३ जनाको मृत्यु भएको अफगानी अधिकारीले जनाएका छन्।
दुई बस र एउटा तेल ट्याङ्कर ठक्कर खाएपछि भएको उक्त दुर्घटनामा महिला, बालबालिकासहित ७३ जनाको ज्यान गएको छ भने दर्जनौँ यात्रु घाइते भएका अफगानी स्वास्थ्य मन्त्रालयका प्रवक्ता इस्माइल काबसीले बताए।
बस तेलको ट्याङ्करसँग ठोकिएपछि ट्याङ्करबाट पोखिएको तेलमा आगलागी भएपछि मृतकमध्ये धेरैको शव आगोले जलेर चिह्न नसकिने अवस्थामा रहेका छन् भने दर्जनौँ यात्रुलाई घाइते अवस्थामा उपचारका लागि घाजनी तथा कान्दाहार शहर पुर्याइएको छ।
केही घाइते यात्रुको स्वास्थ्य अवस्था गम्भीर रहेकाले मृतक सङ्ख्या योभन्दा बढ्न सक्ने उनको भनाई छ ।
द्वन्द्वले विक्षिप्त अफगानिस्तानमा सडक दुर्घटनाका घटना सडकको कमजोर संरचनाका कारण सामान्य मानिन्छ । यद्यपि दुर्घटनामा यति ठूलो हताहती भने कमै हुने गरेको थियो ।
यसै वर्ष मे महिनामा अफगानिस्तानको पश्चिमी इलाका वादगिसमा भएको एक दुर्घटनामा १८ जनाले ज्यान गुमाएका थिए । त्यसैगरी बसले इन्धन बोकेको ट्याङ्करलाई ठक्कर दिँदा सन् २०१३ मा कान्दाहार सहर नजिकै पनि ४५ जनाले ज्यान गुमाएका थिए ।
पटकपटकका दुर्घटनामा सयौँ मानिसको ज्यान गएपछि विश्व बैंकले सन् २०१५ को नोभम्बरमा अफगानी सडक कमजोर संरचनालाई सुर्धानका लागि भनेर २५० करोड अनुदान रकम प्रदान गरेको थियो । रासस/एएफपी
क्वेटा–पाकिस्तानको बलुचिस्तान राज्यस्थित क्वेटामा बसोबास गर्ने रासिद, इलियास र सोएबलाई अचम्मको रोग छ । सूर्यास्त हुनेबित्तिकै उनीहरूको शरीरले अचानक काम गर्न बन्द हुन्छ । क्वेटाभन्दा १५ किमि टाढा मियाँकुन्डी गाउँमा बसोबास गरिरहेका यी तीन जना दाजुभाइलाई लागेको रहस्यमय रोगका कारण पाकिस्तानका चिकित्सकहरू छक्क मात्रै छैनन्, उपचार गर्न नसकेर हैरानसमेत भएका छन् ।
सोएब एक वर्षका भए । उनलाई त अचानक हातगोडाले किन काम गर्दैनन् भन्ने पनि थाहा छैन । ९ वर्षका रासिद र १३ वर्षे इलियासलाई भने यो तनाव झेलिसकेका छन् र हरेक रात मर्ने अवस्थाबाट गुज्रनु पर्दा पीडामा छन् ।क्वेटाको एउटा आइटी युनिभर्सिटीमा सुरक्षा गार्डका रुपमा काम गर्ने हासिमका लागि सूर्योदयको ठूलो अर्थ छ । उनी चाँडै सूर्योदय होस् भनी हरेक दिन कामना गर्छन् । किनभने सूर्योदयसँगै उनका तीन छोरा 'ब्युँतन्छन्' ।
पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेजका चान्सलर डाक्टर जावेद अक्रम भन्छन्, 'यस्तो त संसारमै सुनिएको थिएन ।' पाकिस्तानी अखबार डनसँग कुरा गर्दै उनले भने, 'मेडिकल साइन्सका लागि यो विषय रहस्यमय कुरा नै भयो ।' यी तीन बालक सूर्यास्त हुनेबित्तिकै आलसतालस हुन्थे र लगभग मरेतुल्य हुन्थे । तिनका बुवा हासिम भन्छन्, 'गाउँलेहरूले मेरा केटाहरूको नाउँ नै सौर्यऊर्जा राखिदिएका छन् ।'
२७ पाकिस्तानी र १३ अन्तर्राष्ट्रिय चिकित्सकहरूको एउटा टोलीले यी बालकहरूको अवस्थामा शोध गरिरहेका छन् । तर यो रोग नै के हो भन्ने कुरा नबुझेर ती शोधकर्ता हैरान छन् । जुन दिन अलि ढिलासम्म सूर्य निस्कँदैन, तिनीहरू ब्युँतन पनि समय लाग्छ । जुन दिन राम्रोसँग घाम लाग्छ, तीनै बच्चाको दिनचर्या सामान्य बन्छ ।
हासिम भन्छन्, 'मेरा छोरा घाम लागेका बेला क्रिकेट खेलिरहेको देख्दा अपार खुसी लाग्छ । ठूलो छोरोले त आमालाई काममा सघाउँछ पनि । तर घाम लागुञ्जेल मात्र ।' छोराहरूको अवस्थाका बारेमा कुरा गर्न थाल्यो कि तिनकी आमाको आँखाबाट आँशु तप्प चुहिन थालिहाल्छ । छोराको अवस्थाबारे हासिम भन्छन्, 'भोलिपल्ट बिहान छोराहरू अचानक नउठिदिने पो हुन् कि भन्ने पीरले मन कटकटी खान्छ ।'
स्रोत-nagariknews.com
अबोटाबाद – पाकिस्तानमा एक किशोरीले आफ्नी स्कुलकी साथीलाई भागी विवाह गर्न सहयोग गरेको भन्दै गाउँलेहरुले उनको हत्या गरेका छन् । प्रहरीले गाउँकै अगुवाहरुको निर्देशनमा उनको हत्या भएको जानकारी गराएको छ ।
१६ वर्षिया यि किशोरी खाइबर प्रान्तस्थित अबोटावाद नजिक रहेको आफ्नै घरबाट अपहरणमा परेकी थिइन् । त्यसपछि उनको हत्या भयो ।
_89601205_032778729
प्रहरीले यस प्रकरणपछि ति किशोरीकी आमासहित गाउँका थुप्रै व्यक्तिहरुलाई पक्राउ गरेको छ । पाकिस्तानमा स्थानिय भलाद्मीहरुको समूह मानिने जिरगाले नै गत हप्ता उनको हत्याका लागि निर्देशन दिएको प्रहरीको भनाई छ । माकोल गाउँमा यो घटना घटेको हो ।
जिरगाले अम्बेर नाम गरेकी ती किशोरीले आफ्नी साथीलाई भागेर विवाह गर्न सहयोग गरेको भन्दै सजायस्वरुप उनको हत्या गर्न निर्देशन दिएको प्रहरीको भनाई छ ।
पाकिस्तानकी अखबार ड्वानका अनुसार ति किशोरीलाई अपहरणपछि हत्या गरियो र उनको लासलाई भ्यानको पछिल्लो सिटमा राखेर पेटोल छर्केर जलाइयो । अन्य अखबारहरुले भने भ्यानमा उनलाई राख्दासम्म उनी जीवित रहेको र त्यसपछि उनलाई जिउँदै जलाइएको समाचार छापेका छन् ।
प्रहरीले यस प्रकरणपछि हालसम्म १३ जनालाई पक्राउ गरेको बताएको छ । ति किशोरीकी साथीले आफ्ना प्रेमीसँग भागेर विवाह गरेकी थिइन् र अहिले उनीहरु कहाँ छन् भन्ने कसैलाई थाहा छैन ।
पाकिस्तानमा यसरी जिरगाले आफ्नै स्थानिय निर्णयबाट गैरकानूनी रुपमा व्यक्ती हत्या गरेको यो पहिलो घटना होइन ।
गत वर्ष मात्रै ११ सय महिलाहरु यसरी नै आफ्नै आफन्तहरुका कारण ज्यान गुमाउन बाध्य भएको स्वतन्त्र मानवअधिकार आयोगले जनाएको छ । प्रतिष्ठामा आँच पुर्याएको आरोप लगाउँदै स्थानियहरुले यसरी पाकिस्तानमा गैरकानूनी रुपमा हत्या गरेर सजाय दिँदै आएका छन् ।
यसअघि गत फेब्रुअरीमा पाकिस्तानको सबैभन्दा ठूलो पन्जाब प्रान्तले महिलामाथि हुने सबै किसिमका हिंसा अपराध ठहरिने व्यवस्था गरेको थियो ।
स्रोत-ratopati.com
- एजेन्सी
वैशाख २५, २०७३-
भारत र एसियाको सबैभन्दा ठूलो रेडलाइट एरियामा यौनकर्मीको जीवनशैली कस्तो छ ? उनीहरू कामपछि आफ्ना बालबच्चासँग कसरी समय व्यतित गर्छन् ? कसरी मेकअप गरेर ग्राहकको पर्खाइमा बस्छन् ? यावत् जिज्ञासा मेट्ने गरी विभिन्न तस्बिर सार्वजनिक भएका छन् ।
पश्चिमी कोलकाताको सोनागाछीलाई एसियाकै ठूलो रेडलाइट एरिया मानिन्छ । एक अनुमान अनुसार त्यहाँ करिब १४ हजार महिला यौन व्यवसायमा संलग्न छन् । त्यसमध्ये ठूलो संख्या नाबालिगहरूको छ । हरेक वर्ष त्यहाँ १ हजार महिला थपिने तथ्यांक छ, जसमा केही नेपाली पनि हुन्छन् ।
कसरी आइपुग्छन् ?
केही महिला ट्राफिकिङको सिकार भएर सोनगाछीको यौनकर्ममा होमिन आइपुग्छन् । कोही चाहिँ आफ्नै मर्जीले स्वतस्फुर्त रूपमा आउँछन् । एक वेबसाइटसँग कुराकानी गर्दै एक यौनकर्मीले भनेकी छिन्– उनी पहिले घरेलु कामदारका रूपमा गुजारा चलाउँथिन् । त्यतिबेला मासिक करिब डेढ हजार रुपैयाँ उनको पारिश्रमिक थियो । यद्यपि अहिले उनी मासिक भारु १६ हजार रुपैयाँ आर्जन गर्छिन् ।
३० वर्षीया अर्की महिला भन्छिन्– ‘म दाम्पत्य जीवनमा बाँधिएकी थिएँ, सात वर्षसम्म । मेरो लोग्ने जड्याहा थियो । उसले मलाई हरेक दिन कुटपिट गथ्र्यो । जीवन नारकीय भएपछि छोरीको भविष्य सम्झेर म त्यहाँबाट अलग भएर यहाँ आएँ ।’ श्रीमान् छाडेर राजीखुसीले यहाँ आएपछि उनका दिनहरू खुसीपूर्वक बितिरहेका छन् । ती महिलाका अनुसार एक ग्राहकसँग उनको प्रेम सम्बन्धसमेत स्थापित भएको छ ।
कतिपय महिला आफ्ना सन्ततीको भविष्य उज्वल बनाउन बाध्यतावश वेश्यावृत्तिमा सामेल हुनु परेको बताउँछन् । दास नामले चिनिने एक महिला भन्छिन्– ‘मेरा दुवै सन्तान पढिरहेका छन् । के घरमै बसेर मैले उनीहरूको स्कुल फी तिर्न सक्छु ? समाजले हाम्रो निन्दा गर्नुअघि स्वयम् आफ्ना बारेमा सोच्नुपर्छ । के हाम्रा लागि उनीहरूले योभन्दा राम्रो अर्को कुनै रोजगारी तयार गरेका छन् ?’
स्रोत - saptahik.ekantipur.com
एजेन्सी । एक पुरुषले दुई महिलासँग प्रेम गरेको तथा विहे गरेको सुनिएकै कुरा हो ।
तर, मध्यप्रदेशको श्योपुर जिल्लामा एकै घरका दुई बहिनीले एकसाथ एकै पुरुषसँग विहे गरेका छन् । यहाँको सगी नामको आदिवासी समुदायका १९ वर्षीय भभूती र १८ वर्षीय कविताले २१ वर्षीय नीमासँग विहे गरेका छन् ।
सहरिया जनजाति समुदाय यी बहिनीमा जेठी भभूती शारीरिक रुपमा अविकसित छिन्, उनको हातको विकास भएको छैन् । यस्तो अवस्थामा उनकी बहिनी कविताले कसम खाएकी थिइन् कि उनी जो जून पुरुषसँग विहे गर्नेछिन, उसले उनकी दिदीसँग पनि विहे गर्नुपर्नेछ । राजस्थानको पहाड गाउँका नीमाले कविताको अडानका कारण दुबैसँग विहे गरे । उनी अहिले दुबै बहिनीका पनि हुन् ।
विहेपछि पहिलोपटक आफ्नो माइतीघर आएकी कविताले भनिन्- ‘हामी चार भाईबहिनी छौं । मेरा बुवाआमा बुढा भइसके र भाई धेरै सानो छ । मलाई चिन्ता थियो कि मेरी दिदीको ख्याल कसले राख्ला ।’
समाचार अनुसार अनुहारमा मुस्कान देखाउँदै गर्वका साथ कविताले अगाडि भनिन्- अब म निश्चिन्त छु । पतिसँग मिलेरै म दिदीको ख्याल राख्न पाउनेछु ।’
स्रोत-dainiknepal.com
एउटा व्यक्तिले एक श्रीमती र छोरा छोरीलाई राम्रो हेरचाह नगरेका घटना हाम्रो समाजमा प्रशस्त छ । त्यसो त एक व्यक्तिले साधरणतया एक जना, दुई जना, त्योभन्दा धेरै गर्नेले तीन ,चार,पाचँ सम्म पनि सुनिएको छ । तर भारत मिजोरमको भक्तवाङ्गका एक यस्ता पुरुष छन्, जसको परिवारमा ३९ जना श्रीमती छन, तर सबै खुशी खुशी । भारत बारकोफ्टाका ड्याड जिओनाको साथमा अहिले ३९ वटा श्रीमती मात्र छैनन, ९४ जना छोराछोरी, १४ जना बुहारी र ३३ जना नातिनातिना पनि छन् ।
सबैभन्दा रमाइलो त के छ भने यी सबै एउटै घरमा एउटै छानोमुनी बस्छन् । सम्भवतः विश्वको सबैभन्दा ठूलो परिवार मानिएको ड्याड जिओनाको चार तले घरमा एक सयवटा कोठा छन् । पुरै परिवार यही घरमा अटाएको छ । परिवारका मुली ६७ वषिर्या जिओना यो परिवारदेखि खुशी छन् । भन्छन्, ‘मलाई भगवानको आर्शिवाद छ, त्यसैले त मेरो विशाल परिवार पनि छ । आज मलाई लागेको छ म भगवानको एउटा विशेष बच्चा हुँ । भगवानले मलाई यति धेरै परिवार हेर्ने जिम्मेवारी दिएका छन् ।’
जिओना आफूलाई भाग्यमानी ठान्दै भन्छन्, ‘म आफूलाई अझै भाग्यमानी पति मान्छु, किनभने म ३९ महिलाको एक्लो पति र ठूलो परिवारको घरमूली ।’ परिवारको पुरै पुरुष सदस्यहरुले काठको काम गर्छन, यसैले त जिओना गर्विलो हुँदै भन्छन्, मलाई सरकारको कुनै पनि सहयोग चाहिंदैन । यी सुपरपति कुनै समय वर्षमा १० वटासम्म विवाह गरेका थिए । यो परिवार बस्दै आएको घरलाई उनीहरुकै भाषामा ‘छुन्तार रन’ अर्थात नयाँ पिंढीको घर भनिन्छ । उनीहरुको आफ्नो विद्यालय छ, आफ्नो खेल्ने ग्राउण्ड, काठको काम गर्ने कारखाना, सुँगुर गोठ, कुखुरा फार्म, खेती गर्न खेत र तरकारीका लागि ठूलो वारी। यो सम्पत्तिले पुरै परिवारलाई सहजै पाल्न सकिन्छ । परिवारमा खाना खानेवेला लाग्छ, यो आर्मी मेसमा खान खाईंदैछ, परिवारका पुरै महिला सदस्य खाना बनाउने र खुवाउने काममा घण्टौं विताउने गर्छन ।
एक पटकमा उनीहरुको परिवारलाई ३० वटा कुखुरा, १३२ पाउण्ड तरकारी र २२० पाउण्ड चामल चाहिन्छ । यो सबै खाना एउटा खुला किचनमा पकाइन्छ । जहाँ २४ सै घण्टा आगो बलिरहन्छ । जिओनाकी ६९ वर्षे जेठी श्रीमती जाठियाङ्गीले अरु श्रीमती, छोरी र बुहारीका लागि दैनिक कामको बाँडफाँड गर्छिन । हरेक दिन परिवारले खाएका भाँडा र लगाएका लुगा धुनका लागि एउटा सानो पहाड नै खडा हुन्छ र यो सबै काम हातैले गर्छन । जिओनालाई परिवारका सबै सदस्यहरु ‘का पा’ अर्थात बाबुजी भनेर सम्बोधन गर्छन् । यी जिओनाले जाठीयाङ्गीसँग विवाह गर्दा जम्मा १७ वर्षका थिए । जिओना वंशाणुगत रुपमा परिवारका मुली हुन, उनलाई लाग्छ, उनीहरु एकदिन पुरै विश्वलाई क्राइस्ट धर्ममार्फत नियमन गर्नेछन्
मान्छे कतिसम्म निर्दयी बन्न सकेको हँ ? चीनमा एक महिलाले निर्दयीपनाको पराकाष्ठा प्रस्तुत गरेकी छिन् । ती महिलाले आफ्नै लोग्नेलाई मारेर मासु पकाएकी छिन् ।
अनहुइ प्रान्तको लुआन सहरकी ती महिलाले आफ्नो लोग्नेलाई मारिन्, उनको जिउ पानीमा पकाइन् अनि प्रहरीमा उजुरी गर्न गइन् । लोग्नेको जिउ शव काटेर पकाएपछि हत्या गरेको प्रमाण नभेटियोस् भन्ने उनको आकांक्षा थियो ।
ती महिलाले वास्तवमा बदला लिनको लागि लोग्नेलाई मारेर मासु पकाएकी रहिछन् । लोग्नेले ५६ दिनकी छोरीको जिउमा अन्धविश्वासी भएर सियो रोपेको प्रति क्रुद्ध रहेकी उनले लोग्नेले आफुलाई पनि वर्षौँदेखि पीडा दिँदै आएको बताइन् ।
प्रहरीमा उनले दिएको बयान अनुसार लोग्नेमाथि आक्रमण गरी तिन दिनसम्म यातना दिएर उनले अन्त्यमा लोग्नेलाई मारेकी थिइन् । उनले लोग्नेलाई बाँधिन्, खाना र पानी पनि दिइनन् र नमरुन्जेल पिटिरहिन् । त्यसपछि उनले लोग्नेको सरीरलाई टुक्रा टुक्रा पारिन् अनि कुकरमा पकाइन् । त्यसपछि उनी प्रहरीमा उजुरी गर्न गइन् आफुलाई आफ्नो लोग्नेले लामो समयदेखि हिंसा गरिरहेको भन्दै ।
लोग्ने आफुलाई पीडा दिएर कतै भागेको आशंका प्रहरीले गर्ने र आफुलाई हत्याको आशंका नगर्ने आशा उनको थियो । तर प्रहरीले उनको उजुरीको सुनुवाइ गर्ने क्रममा आखिर ती महिलाले लोग्नेलाई मारेर मासु पकाएको कुरा पत्ता लगाए । ती महिला र उनका लोग्नेको नाम भने खुलाइएको छैन ।
‘द मैन विद द गोल्डन शर्ट’ नामर्ल चर्चित भारत, महाराष्ट्रका चर्चित व्यवसायी र राजनेता पङ्कज पाराखको नाम गिनिज बूक अफ वल्डा रेकर्डमा सामेल भएको छ । पारखको नाम मङगलबार गिनिजले सर्टिफिखेट जारी गरेको हो । सतचालिस वर्षीय पारख संसारकै सबैभन्दा महङ्गो सूनको सर्ट लगाऊने ब्यक्ति हुन ।
पारख भन्छन – मलाई विश्वास छैन. म एऊटा सानो गाऊको मानिस हुँ र मेरो नाम संसारभरि फैलिएको छ । विधालयका पढाई वीचैमा छाडेका पारखले गार्मेन्ट व्यवसायको माध्यमबाट आफ्नो भाग्य चम्काएका हुन । ऊनी नेशनलिस्ट काङ्ग्रेस पार्टीका येयोला शहरका उपमेयर हुन जुन नासिक जिल्लामा पर्छ । नासिकका यी व्याक्ति संसारकै सबैभन्दा महँगो सर्ट लगाऊने पहिलो ब्याक्ति भएका छन ।
4.10 किलोको यो शर्टको मुल्य ने रु. करिब 2 करोड मूल्य पर्छ । सर्टको साथ उनीसँग एऊटा सुनको घडी, थुप्रै सिक्री, औँठी, सुनको मोवाईल कभर र सुनको फ्रेम भएका चश्मा पनि छ । यी सबैको वजन करिब 10 किलोग्राम छ । साथमा लाईसेन्स धारी बन्दुक बोकेर शहरमा घुम्न हिड्ने गर्छन ऊनी । सडकमा कुनै दुर्घटना नहोस भनेर अङ्गरक्षकको साथ हिड्ने गर्छन ऊनी । ऊनको सुनको सर्टमा सातवटा सुनको टाँक पनि छ । ऊनले दुई बर्ष पहिले आफ्नो 45 औ जन्म दिनको अवसरमा यो सर्ट तयार गराएका हुन ।
बाल्यकालदेखी नै सुनको शौखिन पाराखले तयार गराएको सर्टमा 18-22 क्यारेट सुनको प्रयोग भएको छ । 20 जना कारिगरले 32 सय घण्टामा यो सर्ट तयार गरेका हुन । सर्ट लचिलो र आरामदायक छ । यसको भित्री सतहमा कपडा छ जुन शरीरसँग टाँसिदैन । ऊक्त सर्टलाई धुन र रिपेयर पनि गर्न सकिन्छ ।
भिडियो हेर्नुहोस…
एजेन्सी । स्कुलमा युवतीहरुलाई जबरजस्ती देहव्यापारमा लगाउने र यातना दिने गरेको सेक्स स्क्याण्डलको पर्दाफाश भएपछि हलचल मच्चिएको छ ।
यसका काममा नामी व्यापारी समेत सामेल भएको र भर्जिन युवतीलाई करोडौं रुपैयामा खरिद गर्ने गरेको खुलेको हो ।
चीनको शानक्सी प्रान्तको प्रहरीका अनुसार स्कुले छात्रालाई करोडौं दिएर कारोबारीको समूहले यौन धन्दामा जबरजस्ती लगाउने गरेको खुलासा भएको हो ।
उक्त घटनामा प्रहरीले ११ कक्षामा पढ्ने ६ जना युवतीहरुलाई गिरफ्तार गरेको छ । १६ वर्षभन्दा कम उमेर भएका कारण एक युवतीलाई भने रिहा गरिएको छ ।
यस्ता छात्राहरुले सोझा सिधा युवतीहरुलाई फसाएर लाने गरेको र एक जनालाई करिब साढे २ करोड दिने गरेको खुलेको छ ।
पक्राउ परेकी एक छात्राले १० जना युवतीलाई फसाएर कारोबारीकोमा पु¥याएको र उनीहरुको साथमा केही मानिसहरुले जबरजस्ती सेक्स गर्नुका साथै मानसिक यातना दिएका थिए ।
प्रहरीका अनुसार ७ सिनियर छात्राले ५ जुनियर छात्रालाई धम्क्याएर नांगो तस्वीर खिचाएर ब्ल्याकमेल गरेका थिए । उनीहरुको यस्तो हर्कतविरुद्ध दुई युवतीहरुले आवाज उठाएपछि उक्त घटना पर्दाफास भएको हो ।
पीडित युवतीका बाबुले १० कक्षामा पढ्ने पाँच युवतीले सेक्स गर्न नमानेपछि उनीहरुमाथि चरम यातना दिएर यौन सम्बन्ध बनाउन बाध्य बनाएको बताए । उक्त घटनामा सम्लग्न एक अधिकारीपलाई प्रहरीले पक्राउ गर्नुका साथै अन्य कारोबारीको खोजी कार्य जारी राखेको छ ।
एजेन्सी । स्कुलमा युवतीहरुलाई जबरजस्ती देहव्यापारमा लगाउने र यातना दिने गरेको सेक्स स्क्याण्डलको पर्दाफाश भएपछि हलचल मच्चिएको छ ।
यसका काममा नामी व्यापारी समेत सामेल भएको र भर्जिन युवतीलाई करोडौं रुपैयामा खरिद गर्ने गरेको खुलेको हो ।
चीनको शानक्सी प्रान्तको प्रहरीका अनुसार स्कुले छात्रालाई करोडौं दिएर कारोबारीको समूहले यौन धन्दामा जबरजस्ती लगाउने गरेको खुलासा भएको हो ।
उक्त घटनामा प्रहरीले ११ कक्षामा पढ्ने ६ जना युवतीहरुलाई गिरफ्तार गरेको छ । १६ वर्षभन्दा कम उमेर भएका कारण एक युवतीलाई भने रिहा गरिएको छ ।
यस्ता छात्राहरुले सोझा सिधा युवतीहरुलाई फसाएर लाने गरेको र एक जनालाई करिब साढे २ करोड दिने गरेको खुलेको छ ।
पक्राउ परेकी एक छात्राले १० जना युवतीलाई फसाएर कारोबारीकोमा पु¥याएको र उनीहरुको साथमा केही मानिसहरुले जबरजस्ती सेक्स गर्नुका साथै मानसिक यातना दिएका थिए ।
प्रहरीका अनुसार ७ सिनियर छात्राले ५ जुनियर छात्रालाई धम्क्याएर नांगो तस्वीर खिचाएर ब्ल्याकमेल गरेका थिए । उनीहरुको यस्तो हर्कतविरुद्ध दुई युवतीहरुले आवाज उठाएपछि उक्त घटना पर्दाफास भएको हो ।
पीडित युवतीका बाबुले १० कक्षामा पढ्ने पाँच युवतीले सेक्स गर्न नमानेपछि उनीहरुमाथि चरम यातना दिएर यौन सम्बन्ध बनाउन बाध्य बनाएको बताए । उक्त घटनामा सम्लग्न एक अधिकारीपलाई प्रहरीले पक्राउ गर्नुका साथै अन्य कारोबारीको खोजी कार्य जारी राखेको छ ।
२३ वैशाख, काठमाडौं । भारतको छत्तीसगढमा बस दुर्घटना हुँदा १३ जनको मृत्यु भएको छ । बलरामपुर-रामानुजंगल जिल्लामा भएको दुर्घटनामा कयौं यात्री घाइते भएका छन् ।
प्रहरीले दुर्घटनामा मृतकको संख्या वृद्धि हुनसक्ने जनाएको छ । छत्तीसगढको राजधानी रायपुरको लागि छुटेको बस राति साढे १० बजे दुर्घटनामा परेको थियो ।
तिव्र गतिमा भएका कारण सन्तुलन गुमाउँदा बस दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको जनाइएको छ । बसमा ६३ यात्रु सवार थिए । जसमध्ये १६को अवस्था गम्भिर रहेको छ ।
२०७३ वैशाख २३ गते ७:३३ मा प्रकाशित
onlinekhabar.com - बाट