मोडल एवं नायिका तिर्सना बुढाथोकी नयाँ लोकदोहरी म्यूजिक भिडियोमा अभिनय गर्दै गरेको अवस्थामा देखिएकी छिन् ।
भिडियोमा उनले आफ्नो सुन्दर रुपदेखि पेन्टीसम्म देखाएकी छिन् । उनलाई तितो सत्यका कलाकार गोपाल ढकालले अभिनयमा साथ दिएका छन् ।
बलबहादुर घर्ती र चन्द्र बस्नेतको शब्द रहेको ‘धार्नेको जिउ तोला झै बानायो माया प्रेमले म यसै राम्री की पाउडर क्रिमले’ बोलको गीतमा भागिरथ चलाउने र टिका पुनको स्वर रहेको छ ।
मञ्जु श्री फिल्मले दृश्य निर्माण गरिरहेको भिडियोलाई कुमार केसीले निर्देशन गरेका छन् ।
२९ वैशाख, काठमाडौं । हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले सिन्धुपाल्चोकको गिरान्चौर एकिकृत बस्ती निर्माणको काम बुधबारबाट सुरु गरेका छन् । भूकम्प गएको एक वर्ष पुगेकै दिन सो बस्ति शिल्यान्यास गरिएको थियो ।
सिन्धुपाल्चोक मेलम्ची ८ गिरान्चौरका ६५ परिवार भूकम्प पिडितलाई दशैँसम्ममा नयाँ घर हस्तान्तरण गर्ने लक्ष्यका साथ काम अघि बढाइएको फाउन्डेसनका अध्यक्ष धुर्मुसले बताए । वैशाख २९ गतेको पराकम्पले पनि ठूलो क्षति गरेकाले सोहि दिनको सम्झनामा दोश्रो एकिकृत बस्ती निर्माण कार्य सुरु गरिएको उनको भनाई छ ।
यस अघि काभ्रेमा निर्माण गरिएको एकिकृत पहरी बस्ती धुर्मुस सुन्तलीले साढे दुई महिनामा नै पिडितलाई हस्तान्तरण गर्न सफल भएका थिए । ‘सबैको साथ र सहयोग भएमा लडेको गिरान्चौर दशैँ सम्ममा सुन्दर एकिकृत बस्ती बन्नेछ’ धुर्मुस भन्छन् ।
पहिलो एकिकृत बस्ती निर्माण गर्दा धेरैको सहयोग पाएकाले अर्को बस्ती बसाउने अठोट गरेको भन्दै उनले देश निर्माणको अभियानमा हातेमालो गर्न सबैसँग आग्रह गरेका छन् । उनले भने, ‘हामीले नेतृत्व मात्र गरेका हौँ, सहयोगी हातहरुको दह्रो साथ आवश्यक छ ।’
पहिलेको भन्दा ३ गुणा ठूलो बस्ती निर्माण गर्न लागिएकाले आर्थिकसँगै घर निर्माणको लागि सिमेन्ट, रड, गिट्टी, बालुवा, जस्तालगायतका जिन्सी सामानका पनि धुर्मुस-सुन्तलीले आह्वान गरेका छन् । उनीहरु आफैं बस्तीमा ढुंगा बोक्नुका साथै सावेल, बेल्चा बोकेर कार्यक्षेत्रमा खटिएका छन् ।
२२ लाख संकलन
बस्ती निर्माणको घोषणा गरेदेखि अहिलेसम्म करिब २२ लाख रुपैँयाको हाराहारीमा सहयोग संकलन भएको फाउण्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरेले जानकारी दिएकी छिन् । ६५ भूकम्पपिडित तामाङ परिवारका ५ सय १५ जना सदस्यको आश्रयस्थलनिर्माण सम्पन्न गर्न ४ करोड भन्दा बढी लाग्ने अनुमान गरिएको छ ।
‘काम सुरु गरिसकेका छौँ, तर पर्याप्त रकम छैन,’ उनले भनिन्, ‘अन्य अत्यावश्यक भौतिक पूर्वाधारको पनि व्यवस्था गर्नु पर्नेछ ।’ गिरान्चौर एकिकृत बस्तीलाई बालमैत्री, अपाङ्गमैत्री, खुला दिशामुक्त, सफा र सुन्दर गाउँबनाइने उनीहरुले बताएका छन् । सरकारले तोकेको मापदण्ड अनुसार बस्तीमा भूकम्पप्रतिरोधी चार कोठे घरको साथमा एक घर, एक धारा, एक बगैँचा र एउटा सामुदायिक भवन पनि निर्माण गर्ने धुर्मुस सुन्तली फाउण्डेसनले जनाएको छ ।
हेर्नुस् भिडियो
बोक्सीको आरोपमा यस्तो व्यवहार । घटना भएको एक महिनापछि मात्र सार्वजनिक । कति निर्दयी मान्छे । यस्तो अमानविय व्यवहारमात्र भएन यि व्यक्तिको हत्या समेत भयो । यदी यो मानिस बोक्सीमन्त्र जन्थ्यो भने यि मलमुत्र खुवाउनेलाई पनि क्षणभरमा मार्थो होला । तर उसले बोक्सीको उपमा भिरेर जिउदै जलिनुपर्यो । रसुवाको दुर्गम गाविस यार्सा गाउलेले बोक्सीको आरोपमा जिउदै
काठमाडौं, वैशाख १६ – अहिले आगलागी घटना निकै बढेका छन् । स्याउलाले छाएका घरमा आगलागी हुने सम्भावना बढी हुन्छ । आगलागीबाट धनजनको क्षति धेरै हुन थालेपछि नेपाल विज्ञान प्रविधि तथा प्रज्ञा प्रतिष्ठान नास्टले आगो लगाउँदा पनि नलाग्ने प्रविधिको सफल प्रयोग गरिसकेको छ ।
यसलाई नास्टका वैज्ञानिकले अग्नि प्रतिरोधक प्रविधिको नाम दिएका छन् । ‘अब नागरिकले आफ्नो घरको छानोमा हामीले भने जस्तो गरेमा घरमा आगलागी हुँदैन’ नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर जीवराज पोखरेलले भन्नुभयो । तराईका बर्दिया, कैलाली, कञ्चनपुर, सिरहा, धनुषा, सप्तरी, झापाका जिल्लालाई लक्षित गरेर यो प्रविधि ल्याइएको हो । यो प्रविधिको यसअघि सफल प्रदर्शन सुनसरीबाट गरिएको छ । अब अर्को प्रदर्शन एक हप्तामा सप्तरीबाट गर्ने योजनामा नास्ट छ ।
यो प्रविधिको सुरुवात भारतमा भइसकेको छ । ‘भारतले भने अर्कै प्रविधिमार्फत आगो नलाग्ने बनाएको थियो, त्यो महँगो प्रविधि हो । हामीले ल्याएको यो प्रविधि सुलभ र सजिलो छ’ नास्टका उपकुलपति पोखरेलले भन्नुभयो ।
यसरी बन्छ आगो नलाग्ने घर
यो प्रविधि कच्ची घरका लागि लक्षित छ । होचा कच्ची घर, खरले छाएका र भान्सासँगै भएका कारण घरमा आगलागी हुने गरेका घटना छन् । यस्ता घटनाबाट जोगिन र क्षति हुन नदिन नास्टले यस्तो प्रविधि ल्याएको हो । खासगरी तराईतिरका होचा खरले छाएका घरमा यो प्रविधि अपनाउन सकिन्छ ।
अहिले नागरिक बसिरहेका घरमा यो प्रविधिको प्रयोग गर्न सकिन्छ । जसका लागि घरको छानो माथि आधा इन्ची मोटोमा माटाले लिप्नु पर्छ । त्यसरी लिपेको केही समयपछि माटो सुक्छ । यसरी सुकेको माटोमा माथिबाट प्लाष्टिकले छोप्नु पर्छ । यसरी छोप्ने प्लाष्टिकलाई सिलपोलिन भनिन्छ । टनेलमा तरकारी खेती गर्दा प्रायः यही प्लाष्टिकको प्रयोग गरिन्छ ।
यो प्लाष्टिक १५ वर्षसम्म केही टिकाउ हुने गर्छ । अन्य प्लाष्टिक राख्दा पनि हुन्छ तर त्यो प्लाष्टिक टिकाउ नहुने भएकाले यो प्लाष्टिक राख्दा राम्रो हुन्छ । प्लाष्टिक राख्नुको अर्थ छानोमा लगाएको माटो पानी पर्दा नबगाओस् भन्ने हो ।
यसरी छानामाथि माटोको लेप लगाएपछि त्यहाँ हावा पस्ने सम्भावना हुँदैन । अझ प्लाष्टिकले झन हावा छिर्न दिँदैन । आगो बल्नका लागि कन्भेक्सनको आवश्यक पर्छ । हावा नछिर्ने ठाउँमा कन्भेक्सन हुँदैन । र कन्भेक्सन नभएपछि त्यहाँ आगो लाग्दैन ।
अर्कोतर्फ हावा नछिर्ने भएपछि घरबाट धुवाँ बाहिर जान पाउँदैन । धुवाँ बाहिर जान नपाउँदा धुवाँले नै आगोलाई निभाउने नाष्टका उपकुलपति पोखरेलले बताउनुभयो । यति भएपछि घर भित्रबाट सल्केको आगो पनि लाग्दैन । र बाहिरबाट लगाएको आगो पनि लाग्दैन ।
यदि बाहिरबाट आगो लाग्यो भने सिलपोलिन प्लाष्टिक जलिसकेपछि माटो भेट्छ र माटोमा आगो नलाग्ने भएकाले घर सुरक्षित हुन्छ । यसरी यो प्रविधि अपनाउने हो भने घर आगलागी हुनबाट जोगिन्छ ।
कार्यान्वयनमा समस्या
माटो निःशुल्क रुपमा गाउँघरमा पाइने र एउटा घरका लागि जम्मा १२ सयको प्लाष्टिक भए पुग्ने हुँदा पनि यो प्रविधि जनचेतनाका अभावले प्रयोग हुन सकेको छैन । तर योसँग सम्बन्धीत संस्थासँग समन्वय गरेमा निशुल्क पनि प्रयोग गर्न सकिने नास्टका उपकुलपति पोखरेलले बताउनुभयो ।
‘हामीले यो प्रविधि देशका विभिन्न ठाउँमा प्रदर्शन गरेका छौं । हेर्नेको थामी नसक्नुको भीड लाग्छ, उहाँहरुकै अगाडि हामीले घरमा आगो लगाएर देखाउँछौं, घरमा आगो नलागेपछि कतिपय अचम्मित हुँदै विश्वास गर्दैनन्’ नाष्टका उपकुलपति पोखरेलले भन्नुभयो, ‘हामी पनि वैज्ञानिक हौं, हामीले यो प्रविधिको सफल परीक्षण नगरि प्रदर्शन गरेका हैनौं ।’
अहिलेका लोकसेवा आयोगका अध्यक्ष उमेश मैनाली सुरुमा यो प्रविधिको सफल परीक्षण गर्दा गृह सचिव हुनुहुन्थ्यो । त्यसबेला उहाँले यो प्रविधि उपयोगी हुने भएकाले तत्काल कार्यन्वयनमा ल्याउने बताएपनि अहिलेसम्म कार्यन्वयनमा आउन सकेको छैन । सुनसरी र बर्दियाका केही ठाउँमा भने यो प्रविधिको प्रयोग भएको छ ।
आगलागी भएका हरेक ठाउँमा प्रदर्शन गरिने
अहिले देशका विभिन्न ठाउँमा आगलागी भएका छन् । आगलागीबाट ठूलो जनधनको क्षति भइरहेको छ । आगलागी नहुने घरको बारेमा जनचेतना फैलाउने उद्देश्यले नाष्टले देशका आगलागी भएका हरेक ठाउँमा यो प्रविधि प्रदर्शन गरेर नाष्टले देखाउने भएको छ । अबको एक हप्तामै सुनसरीबाट यो प्रविधिको प्रदर्शन सुरु गरिने भएको छ ।
यो प्रदर्शन गर्दा पहिला पुल्ठोमा आगो लगाएर घरको छानामा झोसिन्छ । यसरी छानामा आगो झोस्दा बल्दैन । नबलेपछि घरको छानामा मट्टितेल खन्याएर आगो लगाइन्छ । यसरी आगो लगाउँदा पनि मट्टितेल मात्रै बल्छ घरको छानो भने बल्दैन ।
भिडियो हेर्नुस
एजेन्सी । घर तथा अफिसमा नौकरानीहरु अर्थात महिला कामदार राख्नु सामान्य कुरा हो ।
आवश्यकता अनुसार भान्सा तथा परिवारको सहयोगी र कार्यालय सहयोगीका रुपमा महिला कामदार राख्ने चलन छ । तर, कैयौ पटक यिनीहरुकै कारण घरधनी र हाकिमले ठूला ठूला अप्ठेराहरुको सामना गर्नुपर्छ ।
परिवार र महिला कामदारबीचको सम्बन्धबारे बनेको एउटा भिडियो अहिले सामाजिक सञ्जालमा भाइरलै भएको छ । जसले हाम्रो समाजको यर्थाथतालाई चित्रण गर्दै देखाउन खोजेको छ ।
यसमा बोस अर्थात घरधनी आफ्नी नौकरानी (घरमा राखिएकी महिला कामदार)को गलत कुरा थाहा पाएपछि पुलिसलाई फोन गर्छ र नौकरानीलाई पक्रेर लैजान आग्रह गर्दछ ।
त्यसपछि के हुन्छ हेर्नुस् यो भिडियोमाः
फेसबुक एउटा सामाजिक सन्जाल हो। यसलाई सहि रुपमा प्रयोग गरिएन भने समयमै सचेत भइएन भने यस्तै पिडा भोग्नु पर्छ।
बिदेशमा रहेको एक युवकलाई आफ्नो झुटो मायाको जालमा पारेर सबै चिज लुट्न सफल भएको घट्ना हो यो। यसरी घटेको घट्नालाई हामीले केही नाट्किय रुपान्तर सहित यो सर्ट मुभि तयार गरेका छौ।
फेसबुकमा चिनजान भएको भरमा विस्वास गर्दाको नतिजा कस्तो हुन्छ? भन्ने कथाको सेरोफेरोमा यो मुभिको कथा बनेको छ। ‘फेसबुक फण्डा’ नाम दिएको यो मुभिलाई म्युजिक हाइलाइटले आफ्नो युटुव च्यानल मार्फत रिलिज गरेको छ।
शंकर अधिकारी घायलको लेखन / निर्देशनमा ओम प्रसाईं को छायांकन र सम्पादन मा विमर्श केसि र शोभा भण्डारी को अभिनय रहेको यो सर्ट मुभि मार्फत जनचेतना जगाउने प्रयास म्युजिक हाइलाइट ले गरेको छ
भिडियो हेर्नुस