एक किशोरीलाई पटक–पटक ‘बलात्कार गरेर गर्भवती बनाउने पुलिसको फन्दामा
भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस्

प्रबाशी खबर, भक्तपुर, फागुन १८ । एक किशोरीलार्ई ‘पटक–पटक बलात्कार गरेर गर्भवती बनाउने’ चाँगुनारायण नगरपालिका–१० बस्ने ५३ वर्षीय शम्भु विकलाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।

 अभियुक्तले कोही नभएको बेलामा ‘किशोरीलाई धम्की दिँदै घरमै गएर जबर्जस्ती गर्दै आएका’ थिए । उनी गर्भवती भएपछि परिवारले घटनाबारे थाहा पाइ जाहेरी दिएपछि विकलाई पक्राउ गरिएको हो । 

 विकले साउनदेखि गत माघ २१ गतेसम्म पटक–पटक जबर्जस्ती गरेको पीडित किशोरीले महानगरीय प्रहरी परिसर भक्तपुरमा बताएकी महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवं प्रहरीनायब उपरीक्षक शेखर खनालले जानकारी दिए । रासस

0 comments

Write Down Your Responses