अत्याधिक यौन चाहना भए के गर्ने
भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस्

अत्यधिक यौनचाहना अब के गर्ने ?
 युवा अवस्थामा स्वभाविक रूपमा यौनचाहना अत्यधिक हुन्छ नै । यो स्वभाविक कुरा हो। नियमित रूपमा यौनसम्पर्क गरेर यौनेच्छा शान्त पार्न नपाइएको स्थितिमा हस्तमैथुनको सहारा लिनु पनि स्वभाविक हो । कसैलाई शीघ्र स्खलनले सताएको हुन्छ भने कसैलाई ढिलो स्खलनले ।

 यौनसम्पर्क गरेपछि लिंगको योनिमा प्रवेशपछि धक्का दिन सुरु गरेको यस्तै २ देखि ४ मिनेटमा प्राय:जसो व्यक्तिको वीर्य स्खलन भैसक्छ । किन्सेले गरेको अध्ययनमा योनिमा लिंग प्रवेश गराएको २ मिनेटभित्रै ७५ प्रतिशत पुरुषले चरमसुख पाएको देखिएको थियो ।

शीघ्र स्खलनलाई कसरी परिभाषित गर्ने भन्ने कुरामा बहस पनि नभएको होइन । लिंग योनिमा पसाएको ३० सेकेन्डमै वा एक मिनेटभन्दा कम समयमा वा ५ देखि १० धक्कामै वीर्यस्खलन भए छिटो स्खलन (Early Ejaculation) भएको भनेर परिभाषित गर्ने प्रयास पनि भए, तर अहिले आफू तथा आफ्नो यौनजोडीले चाहेको समयभन्दा निरन्तर रूपमा चाँडो वीर्यस्खलन भए त्यसलाई छिटो वीर्यस्खलन भएको स्थिति अर्थात् शीघ्रस्खलन मान्न थालिएको छ । वीर्य स्खलनमा कठिनाइ हुने व्यक्तिमा पर्याप्त समय (उदाहरणका लागि ३० देखि ४५ मिनेट) सम्म वा लामो प्रयास गरे पनि वीर्य स्खलन हुँदैन ।  के सपनामा वर्जित यौनसम्पर्क देख्नु असामान्य हो ? निदाइरहेका बेला एकपछि अर्को चित्र, विचार, भावना र संवेदना अचेतन रूपमा मस्तिष्कमा आउनु नै सपना देख्नु हो । मावन इतिहासमा धेरै प्रयास भए पनि कुनै व्यक्तिले किन कुनै किसिमको सपना देख्छ र त्यसको अर्थ के हुन्छ राम्रोसँग बुझ्न सकिएको छैन । सपना विशेष गरेर Rapid Eye Movement (REM) sleep (निद्रा) को स्थितिमा हुन्छ । सपना विभिन्न किसिमका हुन्छन्, जस्तो कि डरलाग्दो, साहसिक, रमाइलो वा यौनसम्बन्धी ।

यौन सपनाको सेरोफेरोमा रहेर कुरा गर्दा,REM स्थितिमा यौनांगमा रगत भरिन्छ र पुरुषमा लिंग उत्तेजित हुने अनि महिलामा पनि योनिश्राव भएको पाइन्छ । यौनसम्बन्धी कुरा हामी सचेत मनले मात्र गर्ने कुरा हो भन्ने मान्दछौं तर यौनसम्बन्धी कुरा हामी निदाएको बेला पनि निरन्तर चलिरहन्छ । निदाएका बेला लिंग उत्तेजित हुने वा यौन क्रियाकलापमा संलग्न भएको सपना देखिन्छ । प्राय:जसो पहिलो पटक यो किशोरावस्थामा हुन्छ र यसले यौन विकास राम्रोसँग भएको संकेत गर्छ । यही क्रममा कतिपय व्यक्तिले यौन चरमसुख पनि पाउँछन् । यसरी निदाएको बेला सपनामा यौन क्रियाकलापमा संलग्न भएर वीर्य स्खलन हुनुलाई नै बोलिचालीको भाषामा स्वप्नदोष भनिन्छ ।

अंग्रेजीमा भने यस्तो अवस्थालाई वर्णन गर्न wet dreams, night fall वा nocturnal emmisions जस्ता शब्द प्रयोग गरिन्छ । दोषको अर्थ केही खराबी भन्ने बुझिन्छ, तर यसलाई स्वप्नदोष भनिए पनि यौनसपना समस्या वा खराबी होइन । यस्ता यौन सपना देख्दा विभिन्न किसिमका यौन क्रियाकलापमा संलग्न भएको दृश्य देखिन सक्छ । कतिपय स्थितिमा तपाईंले चाहेजस्तै यौन क्रियाकलाप हुन सक्छ भने अर्कातिर बिल्कुलै फरक ।

 यौनजोडीसँग सामान्य स्थितिभन्दा एकदमै फरक आसन वा परिस्थितिमा यौनसम्पर्क गरेको, चलचित्र वा टेलिभिजनका प्रसिद्ध कलाकारसँग यौनसम्पर्क गरेको, अपरिचित व्यक्तिसँग यौनसम्पर्क गरेको समलिंगी, यौनसम्पर्कमा संलग्न भएको, आकर्षक व्यक्तिसँग यौनसम्पर्क भएको, आफ्नो यौन साथीबाहेक अर्कै व्यक्तिसँग यौनसम्पर्क भएको वा आफ्नै परिवारका सदस्यसँग यौनसम्पर्क भएको वा यौनहिंसा गरिएको यौन सपना देखिन सकिन्छ । परिवारका सदस्य त्यसमा पनि रक्तसम्बन्ध भएका वा शिक्षक–शिक्षिकाजस्ता आदरणीय व्यक्तिसँग यौनसम्पर्क गरेको यौनसपना देख्दा धेरैजसो व्यक्ति विचलित हुन्छन् ।

कतिपयले आफूले अनैतिक कार्य गरेको मानेर यही विषयमा चिन्ता लिन्छन् । विशेष गरेर यौनसम्बन्धी मूल्य–मान्यताको सन्दर्भमा नैतिक रूपमा जीवन यापन गर्न खोजेका व्यक्तिका लागि थप चिन्ताको विषय हुन्छ । माथि भनिएजस्तै यस्ता यौन सपना स्वभाविक हुन् र हानिकारक हुँदैनन्, त्यसैले चिन्ताको कुनै कारण छैन ।

सामान्य जीवनमा नहुने कुरा नै यस्ता यौन सपनामा हुने भएकाले अनावश्यक चिन्ता लिनु बुद्धिमानी होइन । यसो गर्न सकिए  समस्या समस्या रहँदैन, तर  यस्ता किसिमका चिन्ताले असजिलो पारेको छ भने मनोचिकित्सक वा मनोविज्ञको सहयोग लिने विषयमा विचार गर्न सक्नुहुन्छ ।

0 comments

Write Down Your Responses