काठमाडौं । दुई महिना अघि यौन सम्बन्ध राख्न नमान्दा ६ तलाबाट खसालेर भेनिषा लिम्बुको राजधानीमा हत्या भयो । मदिरामा मातिएका एक युवकले यौन प्यास मेट्न नपाउँदा घाइते भेनिषाको गाडीमै घुमाएर कायरतापूर्वक हत्या गरेको घटनाले धेरैलाई आश्चर्य बनायो ।
यौनको आवेगमा मान्छेले कतिसम्म गर्न सक्छ ? यही साता सल्यानको अर्को एउटा घटनाले धेरैलाई स्तब्ध पारेको छ । सल्यानको छायाक्षेत गाविसका २० वर्षीय एक युवकले यौन आवेगमा चार जनाको हत्या गरे भने एक महिलाको हत्या प्रयास गरे ।
स्थानीय २० वर्षीय सञ्जय भारतीले यौन उत्तेजनामा २३ वर्षीया आफ्नै छिमेकीका सीता खाँण, उनका साढे दुई वर्षीया छोरी पवित्रा खाँण, ११ महिनाकी सविता खाँण र सीताकी बहिनी १७ वर्षीया गिता गिरीको हत्या गरेका हुन् ।चार जनाको हत्या गर्दा पनि उनको आवेग शान्त भउन, त्यसैले नजिकै बस्ने ६० वर्षीया जुठ्ठी अधिकारीसँग समेत जर्बजस्ती सम्बन्ध राख्ने प्रयास गरे ।तर, त्यो प्रयास पनि असफल भएपछि उनलाई टाउकोमा लौराले हानेर हिँडेका थिए ।
यो घटनाले सल्यानमा मात्र होइन, देशमै सनसनी मच्चाएको छ । अनुसन्धान गर्ने प्रहरी अधिकारी पनि चकित परेका छन् ।अनुसनधान सुरु गरेको केही घन्टामै प्रहरीले अभियुक्तलाई पक्राउ गर्न सफल भयो । अनुसन्धानमा आबद्व प्हरी अधिकारीका अनुसार पक्राउ परेका भारती ‘यौन पिपासु’ हुन्, यौन चाहनालाई नियन्त्रण गर्न नसक्दा नै उनले अरुको क्रुर तरिकाले ज्यान लिए । हत्याको दोस्रो कारण मदिरा थियो ।
धेरै मदिरा पिएपछि उनलाई यौन चाहना भयो, नजिकै महिला बस्ने घरमा गएर उनले आफ्नो चाहना मेट्न चाहेका थिए । तर, सफल नभएपछि उनले किलाले हानेर चार जनाको हत्या गरे । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी श्याम खत्री भन्छन्, ‘घटनाको प्रमुख कारण नै यौन चाहना देखिन्छ ।’
गत मंगलबार बेलुका ती युवाले गाउँका महिलासँग यौन सम्बनध राख्ने पहिले नै योजना बनाएको थिए । राति घरबाट निस्कँदा बाबु र सानिमाले थाहा पाउने भएकाले उनी सिरक डसना बोकेर बाहिर सुत्ने भन्दै निस्किए । बेलुका करिब ९ बजे उनी घरबाट निस्किएका थिए ।सुरुमा नै उनी सीता खाँणको घरमा पुगे ।
सीताले ढोका खोलिन् । गफ गर्ने क्रममा उनीहरुबीच विवाद भयो । सीताले जाँड खाएको भन्दै उनलाई गाली गरिन् । उनले अश्लिल कुरा गर्न थालेपछि पोइला गएको मान्छेको छोरो पनि त्यस्तै भएको भन्दै गाली गरिन् । आमा पौयला गएको कुरा गरेपछि उनी रिसाएर निस्किए । केही मिनेटमा नै उनी किलो बोकेर गई पालैपालो टाउकोमा हानेर हत्या गरे ।
सुतिरहेको बच्चालाई पनि उनले छोडेनन् । घरमा रहेका चारै जनाको क्रुर हत्या गरे । सीताको श्रीमान् वैदेशिक रोजगारीका क्रममा भारतमा बस्दै आएका छन् ।१७ वर्षीया गीतालाई त उनले बलात्कार गर्ने प्रयास गरे । किलोले हानेर लडाएपछि उनले कपडा खोलेर बलात्कार गर्ने प्रयास गरेका थिए । तर, उत्तेजना कम भएकाले सम्बन्ध राख्न नसकेको बयान उनले प्रहरी समक्ष दिएका छन् ।चार जनाको हत्या गरेपछि उनले दुई सय मिटरमाथि रहेको एक घरको आँगनमा रहेका अरु किला पनि उखेल्ने प्रयास गरे ।
तर, उखेल्न सकेनन् । ती किलामा रगत नै रगत लागेको थियो । नजिकै एक छाप्रोजस्तो घरमा ६० वर्षीया जुठ्ठी कुमारी बस्थिन् । मानसिक अवस्था ठिक नभएकी उनी एक्लै बस्थिन् । उनै अधिकारीसँग उनले यौन प्यास मेट्न खोजे ।तर अधिकारीले प्रतिकार गरिन् ।
अधिकारीलाई पनि टाउकोमा लौरोले हानेर उनी बारीमा गई सुतेका थिए । राति नै सबै रगत लागेको कपडा शौचालयमा लगेर लुकाए । कसैले लुगा देखेमा पक्राउ पर्ने डरले उनले बिहानै कपडा धोएर सुकाएका थिए ।बिहानै प्रहरी घटनास्थलमा पुगिसकेको थियो । उनी पनि अरु गाउँले जस्तै सामान्य ढंगले घटनास्थलमा गए । प्रहरीले उनलाई सोधपुछ गर्दा साधरण तरिकाले आफूलाई घटनाबारे बिहान मात्र थाहा भएको बताए ।
करिब १० घन्टाको निरन्तर सोधपुछपछि मात्र उनी गले र अपराध स्वीकारे ।प्रहरीका अनुसार उनी सामान्य मानिसभन्दा अलि बढी यौन चाहना भएका व्यक्ति हुन् । पहिला पनि गाउँमा धेरै महिलासँग जर्बजस्ती यौन सम्बन्ध राख्ने प्रयास गरेको चर्चा गाउँमा चलेको थियो । सात कक्षा पढेर छाडेका भारती बुबा र सौतेनी आमासँग बस्दै आएका थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
यौन आवेगः लौरोले हानेर लडाएपछि पनि कपडा खोलेर बलात्कार प्रयास गरे

0 comments
Write Down Your Responses