नरहरि पौड्याल, पोखरा । यौनकर्मीले आफुलाई बाध्यपारी यौन कार्यमा लगाएको भनी दिएको जाहेरीका आधारमा कास्की प्रहरीले यौन ब्यवसायीलाई पक्राउ गरेको छ ।
जवरजस्ती यौन कार्यमा लगाएको भन्दै ६ युवतीले प्रहरी समक्ष जाहेरी दिएका थिए । जाहेरीका आधारमा प्रहरीले तीन जना यौन ब्यवसायीलाई पक्राउ गरेको हो ।
यौनकर्मी युवतीहरुको जाहेरीको आधारमा यौन व्यवसायी पक्राउ परेको यो पहिलो पटक हो । गरिवी र मजबुतीको फाईदा उठाउदै विभिन्न प्रलोभन र धम्कीको भरमा यौन कार्यमा संलग्न गराएको भन्दै ६ जना युवतीको दिएको सामुहिक जाहेरीको आधारमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा १ हरिचोक स्थित अमृता रेष्टुरेण्ट र पोखरा १० रामबजार स्थित पर्वत मुना होटलका सञ्चालकहरु छन् ।
युवतीको जाहेरीको आधारमा मुस्ताङ लेते ४ घर भई हरिचोक स्थित अमृता रेष्टुरेण्टका संचालक ४० बर्षीय विष्णु गौचन, उनका श्रीमान लक्ष्मण गौचन र मुना होटलकी संचालक ४६ बर्षीय गौमती गुरुङलाई पक्राउ गरिएको प्रहरी निरिक्षक वेद प्रकाश जोशीले बताए । ६ जना युवतीहरुको जाहेरीको आधारमा संचालकहरुलाई कास्की प्रहरीले पक्राउ गरी कास्की जिल्ला अदालतबाट मानव वेच विखन तथा ओसार पसार मुद्वामा म्याद थप गरी थप अनुसन्धान भईरहेको छ प्रहरीले जनाएको छ ।
कास्कीमा नयाँ जिल्ला प्रहरी प्रमुख फेरिएपछि पोखराको यौन ब्यवसाय लगायतका बिक्रिती मौलाएका क्षेत्रमा हातहालेर केही नयाँ काम देखाउने परम्परानै बनेको छ । बिगतका नयाँ प्रहरी प्रमुखहरुले समेत यहाँको यौन ब्यवसाय र गुण्डागर्दीको क्षेत्रमा कारवाहिलाई कडापारेका थिए । अहिले २ महिना अगाडीमात्र सरुवाभएका जिल्ला प्रहरी प्रमुख घनेश्याम अर्यालेपनि बिगतको प्रमुखहरुको कार्यलाई निरन्तरता दिदै यौन ब्यावसायका बिरुद्ध केही मात्रमा भएपनि प्रस्तुत भएका छन ।
दई हप्ता अगाडी समेत पोखराका बिभिन्न स्थानहरुबाट ठूलो संख्यामा यौन कार्यमा संग्लग्न ब्याक्तिहरुलाई गिरफ्तार गरेको थियो । पीडित युवतीहरुले सुरुमा घर तथा होटलका सामान्य कामहरु खाना बनाउने, भाडा माझ्ने, सरसफाई जस्ता काममा लगाउने र विस्तारै होटलमा आएका ग्राहकसंग जवरजस्ती यौन कार्यमा लगाउने गरेको प्रहरी समक्ष गुनासो गरेका थिए ।
जवरजस्ती यौन कार्यमा लगाएको भन्दै ६ युवतीको जाहेरीमा पोखराका यौन ब्यवसायीलाई पक्राउ

0 comments
Write Down Your Responses