योनिमार्गवाट सेतो पानी बग्यो ( यौन स्वास्थ्य )
भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस्

- डा. बालकृष्ण साह वैशाख १४, २०७३- म २४ वर्षीया विवाहित महिला हुँ । मेरो विवाह भएको दुई वर्ष भयो । विगत केही महिनादेखि मेरो योनिमार्गबाट सेतो पानी जाने समस्याले सार्‍है सताएको छ । यसका लागि मैले औषधि पनि सेवन गरेँ, तर औषधि सेवन गरेका बेला मात्र निको हुन्छ र औषधि सकिनेबित्तिकै समस्या दोहोरिन्छ । म दिक्क भैसकें । अब मैले के गर्ने ? सेतो पानी बग्ने समस्या धेरै महिलामा हुन्छ । कसै–कसैमा यो समस्या पटक–पटक दोहरिन सक्छ । सामान्यत: ट्राइकोमोनास जीवाणुले योनिमार्गमा गरेको संक्रमणले यस्तो समस्या देखापर्छ । यसबाहेक योनिमार्गमा फन्जाई तथा अन्य ब्याक्टेरियाको संक्रमणले पनि सेतो पानी बग्ने, चिलाउने हुन सक्छ भने सामान्य अवस्थामा वा कुनै संक्रमणबिना पनि थोरै–थोरै सेतो पानी जाने हुन सक्छ । विशेषज्ञ चिकित्सकसँग योनिमार्गको जाँच तथा अन्य आवश्यक परीक्षण गराएर संक्रमण भए–नभएको पत्ता लगाउनुपर्छ । संक्रमण देखिएको अवस्थामा तथा पटक–पटक यस्ता समस्या भए श्रीमतीसँगै श्रीमान्ले पनि केही औषधि सेवन गर्नुपर्ने हुन सक्छ । संक्रमण नभएको अवस्थामा आत्तिनुपर्दैन, तर सरसफाइमा पर्याप्त ध्यान पुर्‍याउनुपर्छ । saptahik.ekantipur.com

0 comments

Write Down Your Responses