‘द मैन विद द गोल्डन शर्ट’ नामर्ल चर्चित भारत, महाराष्ट्रका चर्चित व्यवसायी र राजनेता पङ्कज पाराखको नाम गिनिज बूक अफ वल्डा रेकर्डमा सामेल भएको छ । पारखको नाम मङगलबार गिनिजले सर्टिफिखेट जारी गरेको हो । सतचालिस वर्षीय पारख संसारकै सबैभन्दा महङ्गो सूनको सर्ट लगाऊने ब्यक्ति हुन ।
पारख भन्छन – मलाई विश्वास छैन. म एऊटा सानो गाऊको मानिस हुँ र मेरो नाम संसारभरि फैलिएको छ । विधालयका पढाई वीचैमा छाडेका पारखले गार्मेन्ट व्यवसायको माध्यमबाट आफ्नो भाग्य चम्काएका हुन । ऊनी नेशनलिस्ट काङ्ग्रेस पार्टीका येयोला शहरका उपमेयर हुन जुन नासिक जिल्लामा पर्छ । नासिकका यी व्याक्ति संसारकै सबैभन्दा महँगो सर्ट लगाऊने पहिलो ब्याक्ति भएका छन ।
4.10 किलोको यो शर्टको मुल्य ने रु. करिब 2 करोड मूल्य पर्छ । सर्टको साथ उनीसँग एऊटा सुनको घडी, थुप्रै सिक्री, औँठी, सुनको मोवाईल कभर र सुनको फ्रेम भएका चश्मा पनि छ । यी सबैको वजन करिब 10 किलोग्राम छ । साथमा लाईसेन्स धारी बन्दुक बोकेर शहरमा घुम्न हिड्ने गर्छन ऊनी । सडकमा कुनै दुर्घटना नहोस भनेर अङ्गरक्षकको साथ हिड्ने गर्छन ऊनी । ऊनको सुनको सर्टमा सातवटा सुनको टाँक पनि छ । ऊनले दुई बर्ष पहिले आफ्नो 45 औ जन्म दिनको अवसरमा यो सर्ट तयार गराएका हुन ।
बाल्यकालदेखी नै सुनको शौखिन पाराखले तयार गराएको सर्टमा 18-22 क्यारेट सुनको प्रयोग भएको छ । 20 जना कारिगरले 32 सय घण्टामा यो सर्ट तयार गरेका हुन । सर्ट लचिलो र आरामदायक छ । यसको भित्री सतहमा कपडा छ जुन शरीरसँग टाँसिदैन । ऊक्त सर्टलाई धुन र रिपेयर पनि गर्न सकिन्छ ।
भिडियो हेर्नुहोस…
सुनको सर्ट लगाऊने ब्याक्ति ‘द मैन विद द गोल्डन शर्ट’… भिडियो सहित

0 comments
Write Down Your Responses