काठमाडौं, ३ जेठ । भारतीय सीमामा चीनले आफ्नो सेना बढाएपछि अमेरिकाले चिन्ता जनाउँदा चीनले कडा प्रतिक्रिया जनाएको छ ।
चीनका एक शीर्ष अधिकारीले सोमबार भारत र चीनबीचको सीमा विवाद सुल्झाउने शान्तिपूर्ण प्रयासलाई अमेरिकाले सम्मान गर्नुपर्ने बताएका छन् । ती अधिकारीले दुई देशको विवाद सुल्झाउन चीन सक्षम रहेको भन्दै अमेरिकालाई बीचमा चिन्ता नजनाउन आग्रह गरेका छन् ।
चिनियाँ विदेश मन्त्री वाङ यीले पेन्टागनको एक रिपोर्टमा भारतसँगका सीमा विवाद शान्तिपूर्ण तरिकाबाट सुल्झाउन चीन प्रतिबद्ध रहेको बताए । उनले यो कदममा बाह्य देशले बोल्न नहुने विचार समेत व्यक्त गरेका छन् ।
यो पनि पढ्नुस्ः भारतीय सीमामा आक्रोशित हुँदै चीनले सैनिक बढाएपछि अमेरिका चिन्तित
– भारतीय सीमामा चीन आक्रोशित, पीएलए खटायो
उनले भारतीय सीमामा चीनले सैन्य बल बढाएको कुरा गम्भीर भएको बताए । ‘भारतीय सीमामा सैनिक बढाएको अमेरिकी रक्षा मन्त्रालयको रिपोर्ट सत्य छैन्’ विदेशमन्त्री वाङले भनेका छन् । उनले यसमाथि गहिरो असन्तोष जनाउँदै दृढ विरोध पनि जनाए ।
तर, भारतीयहरुले चीनले जे गर्छ त्यो बाहिर नल्याउने र अमेरिकाले गुप्चरमार्फत चीनले सेना बढाएको कुरा पत्ता लगाएको भन्दै सेना बढाएको छैन् भन्ने चिनियाँ विदेशमन्त्रीको भनाईमा विश्वस्त नरहेको बताएका छन् ।
भारतीय पत्रिका नवभारत टाइम्समा प्रकाशित समाचारमा चिनियाँ सेनाका कारण तीनै देशबीच थप तनाव बढ्ने देखिएको उल्लेख छ ।
चीनले अमेरिकालाई भन्यो- भारतलाई के गर्नुपर्छ हामी गर्छाैं, बीचमा नआउ !

0 comments
Write Down Your Responses