काठमाडौं, २३ वैशाख । वैदेशिक रोजगारीका क्रममा कतार पुगेका रामेछाप जिल्लाका विष्णु अधिकारीलाई नेपाल प्रहरीलदे उद्धार गरेर स्वदेश ल्याएको छ ।
रामेछाप जिल्ला खिम्ती– ७ घर भएका अधिकारी २०७२ साल माघ १९ गते नेपालबाट कतार रोजगारको सिलसिलामा गएका थिए । सहमति अनुसारको काम तथा तलव समेत नपाई खान बस्न समस्या भई अलपत्र परेको उजुरी उनकी श्रीमतीले महानगरीय अपराध महाशाखामा दिएकी थिइन् ।
आफ्ना पति कतारमा दुःख पाएको थाहा पाएपछि पत्नी प्रहरीको शरणमा पुगेकी थिइन् । प्रहरीले पनि राम्रोसँग सहयोग गरेपछि अधिकारी सकुशल फिर्ता हुन सकेका हुन् ।
सोही उजुरीका आधारमा नेपाल प्रहरीले कतारस्थित नेपाली दूतावास तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी यही वैशाख २१ गते अधिकारीलाई कतारबाट उद्दार गरी काठमाडौं ल्याएको विज्ञप्तिमा उल्लेख छ ।
अधिकारीलाई कतार पठाएर अलपत्र बनाउने म्यानपावर कम्पनीविरुद्ध थप अनुसन्धान गर्नुका साथै प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ ।
स्रोत-dainiknepal.com
यी हुन् बहादुर पत्नी, जसले कतारमा अलपत्र परेका पतिको उद्दार गरिन्

0 comments
Write Down Your Responses