एमालेलाई सहयोग गर्न एमाओवादीको आग्रह
काठमाडौँः नेपाली कांग्रेसको साथ लिएर एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार गठनको तयारी सुरु गरेका छन् ।
बुधबार विज्ञप्ति मार्फत् एमाओवादीले एमालेलगायत सत्तारुढ दललाई प्रचण्डको नेतृत्वमा गठन हुने सरकारमा सहयोग गर्न आग्रह गरेको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले एमाओवादीको नेतृत्वमा सरकार गठन गर्न आग्रह गरेको भन्दै प्रचण्डले सत्तारुढ एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) लगायतलाई आफ्नो नेतृत्वमा सरकार गठनका लागि सहयोग गर्न आग्रह गरेका हुन् ।
एमाओवादीले बुधबार सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान नेतृत्व अन्तर्गत सरकारले परिणाममुखी कार्य अगाडि बढाउन सकेको देखिएन । यस स्थितिमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समेत हाम्रो पार्टीको नेतृत्वमा सरकार गठन गरी उपरोक्त कार्यभार पुरा गर्न प्रस्तावसहित सहमति जनाएको स्थितिमा हाम्रो पार्टी, नेकपा एमाले तथा राप्रपा नेपाल, जनअधिकार फोरम (लोकतान्त्रिक) लगायत सबै पार्टीलाई हाम्रो पार्टीको नेतृत्वमा सरकार गठन गरी साझा कार्यभार पुरा गर्न प्रक्रियामा अघि बढ्न अपिल गर्दछ ।’
स्रोत-annapurnapost.com
कांग्रेसको समर्थनमा दाहाल प्रधानमन्त्री बन्दै

0 comments
Write Down Your Responses