बेहुलाले रक्सी खाएपछि बेहुलीले गरिन् बिहे रद्द
भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस्

बिहेको दिन बेहुलो रक्सी खाएर जग्गेमा बसेको थाहा पाएपछि एक बेहुलीले बिहे रद्द गर्दै बेहुलो सहित जन्तीलाई फिर्ता पठाइदिएकी छिन् । घटना भारतको हो । उत्तरप्रदेशस्थित मैनपुरीमा एक दुलहीको रिसको आगो अनुभुति गर्ने मौका पाएका छन् धेरैले । बिहे समारोहमै आफ्नो हुनेवाला लोग्ने रक्स्याहा रहेको थाहा पाएपछि दुलहीले बिहे अस्विकार गरेसँगै सबै छक्क परे । अन्ततः बेहुलो र जन्ती बेहुली विनै रित्तो हात फर्किनुपर्यो । बेहुलाले आफ्नै बिहेमा रक्सी पिउँदा यति चर्को मूल्य चुकाउनु परेको सायद यो पहिलो घटना हुनसक्छ । स्थानीय औछा इलाकाकी रुपा शर्माको बिहे फिरोजावादका एक युवकसँग तय भयो । रातको लगन अनुसार बिहेका लागि बेहुलो जन्ती लिएर बेहुलीकोमा आए । जब रुपा आफ्नो बेहुलो सहित जग्गेमा बसिन् तब उनले बेहुलोेलाई रक्सीको नशा लागिरहेकेा देखिन् । एक्कासी रुपाले साहस बटुल्दै कडा निर्णय गरिन् । रक्सी धोकेर बिहे गर्न आउने त्यस्तो जँड्याहा बेहुलोसँग आफुले बिहे नगर्ने उनले बताइन् । आफुले जँड्याहालाई लोग्ने बनाएर जिवन वर्वाद पार्न नचाहेको उनले बताएपछि उनका बाबुआमाले पनि समर्थन गरे । जेठी छोरीका लोग्ने यस्तै जँड्याहा भएका कारण छोरीलाई मारपिट गरिरहने पीडा जो भोगिरहेका थिए उनीहरुले, त्यहीँ सम्झे । आखिर बेहुली र उनका परिवार बिहे रद्द गर्न राजी भएपछि कसको के चल्थ्यो र ? रक्सीको नशामा परेका बेहुला जन्ती लिएर लुरुलुरु रित्तो हात घर फर्किन बाध्य भए । २०७३ वैशाख २२ गते १०:३९ मा प्रकाशित स्रोत -onlinekhabar.com

0 comments

Write Down Your Responses