पेन्सन माग्ने सांसदलाई प्रवासबाट कडा जवाफः राजनीति जागिर हो र पेन्सन दिन ?
भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस्

– मिनबहादुर पण्डित ८ बर्ष सिन्को नभाची तलब र भत्ता खायौ । बन्द र हड्ताल गरेर मजदुरी गरिखानेलाई समेत गाह्रो बनायौ । बार्ता र सहमति भन्दै समय बर्बाद गर्यौ । बचेको समय पार्टीको काम र विदेश भ्रमणमै बितायौ । जनताको लागि कुनै एउटा गतिलो काम गर्न सकेनौ । तलब, रासन भत्ता, दैनिक भत्ता, विदेश भ्रमण भत्ता, कमिसन, घुस, छोराछोरी पढाउन बिदेशी छात्रबृति, सुत्केरी भत्ता, बिदेशमा उपचार खर्च, घर भाडा, पेट्रोल खर्च, प्रिय भत्ता, श्रीमती र आफन्तलाई जागिर, आफू र आफन्तको लागि बिजनेस गर्ने लाइसेन्स, के–के हो के–के ?

लेखक यत्रो सुविधा लिएर सभासद बनेको १ बर्षमै काठमाडौंमा घर र पोजेरो गाडी किन्यौ, अझ पेन्सन पनि चाहिने ? अलिकति लाज र सरम छैन ? यति मात्रले पुगे त् हुन्थ्यो नि, पासपोर्ट बेच्ने, अपरहण गर्ने, हत्या गर्ने, फिरौती लिने, तस्करी गर्ने, बलात्कार आदि अनेकौ गैरकानुनी काम सभासदहरुले गरे र रचनात्मक भूमिका खेल्नुको सट्टा, सदनमा हल्ला गर्नु र कुर्सी भाच्नु त सामान्य कुरा नै भै हाल्यो । जनता पाल मुनि बस्न बाध्य छन, त्यहि पाल पनि पाएसम्म पजेरो गाडी छोप्छौं तर, जनतालाई दिँदैनौ र भूकम्प पीडितको चामल कुहिएर फालिन्छ तर आ–आफ्नो निर्बाचन क्षेत्रमा बाड्ने संयन्त्र बनाउन भूमिका खेल्न सक्दैनौ । आखिर सभासदको काम र जिम्मेबारी के हो ? राजनीति जागिर हो र पेन्सन दिन ? राजनीति देश र जनताको सेवा हो कि कमाई खाने भाडो ? अनि तिमीहरुलाई चाँही पेन्सन, जनतालाई चाँही सधै टेन्सन ? पेन्सन लिनलाई राज्यको कत्ति राजस्व बढायौ ? पेन्सन दिन सक्ने राज्यको हैसियत बनायौ ? राजा विरेन्द्र मर्नाले गणत्रन्त्र आयो तर तिम्रो गणत्रन्त्रले जनतालाई चाँही के दियो ? न शान्ति सुरक्षा, न रोजगारी न त बत्ति पानि । सारा नेपालीका छोराछोरी खाडीमा जान बाध्य छन् र अनि तिमीहरुलाई चाहि पेन्सन दिनुपर्ने कारण चाँही के नि ? पेन्सन होइन, गरिखाउँ र गरि खानदेउँ । यसमै सबैको भलाइ छ । स्रोत-dainiknepal.com

0 comments

Write Down Your Responses