तीन महिनामा गर्भ राख्न सकिन्छ ? ( स्वास्थ्य खबर )
भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस्

- डा. बालकृष्ण साह जेष्ठ ४, २०७३- म २२ वर्षीया गृहिणी हुँ । हाम्रो विवाह भएको चार वर्ष भैसकेको छ । श्रीमान् विदेशमा हुनुहुन्छ । तीन महिनाको बिदा लिएर घर आउनुभएको छ । यो तीन महिनामा गर्भ राख्न सकिन्छ ? मैले के गर्दा उपयुक्त हुन्छ ? एकैपटकको यौनसम्पर्कले गर्भ रहन सक्ने भएकाले तीन महिनाको समयमा गर्भ नरहला भन्न सकिँदैन, तर यो छोटो अवधिमा गर्भ रहन्छ भन्ने ग्यारेन्टी पनि गर्न सकिँदैन । सामान्यत: नियमित यौनसम्पर्क (हप्तामा कम्तीमा ३ पटक) भएको र कुनै परिवार नियोजनका साधन प्रयोग नगरेको अवस्थामा एक वर्षभित्र ८० प्रतिशतभन्दा बढी दम्पतीको गर्भ रहन्छ भने बाँकी रहेका मध्ये ५० प्रतिशतमा अर्को दुई वर्षभित्र गर्भ रहने तथ्यांकले देखाउँछ । समय कम भएकाले तत्काल स्त्रीरोग विशेषज्ञसँग दुवै जना (श्रीमान्–श्रीमती) ले परामर्श लिनु उपयुक्त हुन्छ । saptahik.ekantipur बाट

0 comments

Write Down Your Responses