१५ घण्टाको शल्यक्रियाबाट बिस्वमा पहिलोपटक यी पुरुषको लिंगको सफल प्रत्यारोपण
भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस्

जेठ ४ – अमेरिकाका एक व्यक्तिले क्यान्सरका कारण गुमाएको लिंग फेरि प्राप्त गरेका छन् । अमेरिकाको बोस्टनमा रहेको मासाचुसेट्स जनरल अस्पतालका चिकित्सकले पहिलो पटक लिंगको सफल प्रत्यारोपण गरेका हुन् । थोमस मानिङ नाम गरेका ६४ वर्षका ती व्यक्तिको लिंग तीन वर्ष अघि क्यान्सरका कारण उपचारको क्रममा चिकित्सकले फालिदिएका थिए । तर अहिले उनको लिंग प्रत्यारोपण भएको छ । लिंग प्रत्यारोपण शल्यक्रियामा संलग्न चिकित्सकले यो सफलता शल्यक्रियाको इतिहासमा कोशेढुंगा भएको बताएका छन् । थोमसको लिंग पिनाएल क्यान्सरका कारण फालिएको थियो । थोमसको लिंग प्रत्यारोपण शल्यक्रिया यो महिनाको सुरुमा भएको मासाचुसेट्स जनरल अस्पतालले जनाएको छ । युरोलोजी, प्लास्टिक सर्जरी, साइकाएट्री तथा अरु विभिन्न विभागका ५० भन्दा धेरै चिकित्सकको संलग्नतामा १५ घण्टा लामो शल्यक्रियाबाट थोमसको लिंग प्रत्यारोपण गरिएको अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले जनाएको छ । यो शल्यक्रिया एक अनुसन्धान कार्यक्रम अन्तर्गत प्रयोगात्मक रुपमा गरिएको हो । यसको उद्देश्य पेल्भिक इन्जिुरीको समस्यामा रहेका पाका उमेरका पुरुषलाई सहयोग गर्नु हो । यस्तो प्रकारको प्रयोगात्मक शल्यक्रिया हुने थोमस विश्वका तेस्रो व्यक्ति हुन् । थोमसले आउँदो केही महिना भित्र प्रत्यारोपण गरिएको लिंगबाट सामान्य रुपमा पिसाव फेर्न तथा यौन सुख लिन सक्ने चिकित्सकले अपेक्षा छ । पिनाएल इन्जुरीज सँधै गम्भीर वा घातक नहुने भएपनि त्यसले बिरामीमा पार्ने मनोवैज्ञानिक असर भने गम्भीर हुने अस्पतालबाट जारी गरिएको आधिकारिक प्रेस विज्ञप्तिमा उल्लेख छ । थोमसको सफलताले यस किसिमको समस्यामा रहेका अरु व्यक्तिलाई हौसला मिल्ने र आशावादी हुन सहयोग गर्ने चिकित्शकले बताएका छन् । – एजेन्सीको सहयोगमा

0 comments

Write Down Your Responses