सांसद्का छोराको दादागिरी ! गाडी ओभरटेक गर्न नदिएको निहुमा विद्यार्थीको हत्या
भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस्

घटनामा ज्यान गुमाएका विद्यार्थीको नाम आदित्य सचदेव गया – बिहारको गयामा एक सांसद्का छोराले सडकमै गोली हानेर विद्यार्थीको हत्या गरेका छन् । सत्तारुढ जनता दल युनाइटेडकी सांसद् मनोरमा देवीका छोराले सडकमा विद्यार्थीले साइड नदिएको झाँेकमा गोली प्रहार गरेका हुन् । घटनापछि आरोपित रकी यादव गायब छन् । प्रहरीले मनोरमाका पति बिन्दी यादव र उसका अंगरक्षकलाई पक्राउ गरिसकेको छ । मुख्य आरोपीको भने खोजी जारी छ । मनोरमाका पति बिन्दी यादव गया जिल्लाका चर्चित डन मानिन्छन् । उनीमाथि यसअघि नै थुप्रै आरोपहरु लागेका छन् । car_1462680835 बिन्दीका छोरा शनिबार राती झन्डै ११ बजे आफ्नो नयाँ ल्याण्ड रोभर कारमा सयर गर्दै थिए । उनको अगाडी अर्को कार थियो । रकीले आफ्नो गाडी उक्त कारभन्दा अघि लैजादै थिए । तर स्विफ्ट कार चलाउने ड्राइभरले अगाडी ठाउँ नभएका कारण साइड दिन पाएनन् । त्यसपछि रकीले स्विफ्ट कारलाई ओभरटेक गरे । त्यसपछि गाडीलाई छेकेर स्विफ्ट कारमा बस्ने विद्यार्थीसँग झगडा गरे । विवादकैबीच उनले विद्यार्थीलाई गोली हाने । यस घटनामा ज्यान गुमाएका विद्यार्थीको नाम आदित्य सचदेव हो । उनी आफ्ना केही साथिसँग जन्मदिनको पार्टी मनाएर फर्किएका थिए । उनका बाबु गयाका ठूला पाइप व्यापारी हुन् । प्रहरीले अनुसन्धानपछि मनोरमा देवीको घरबाट कार बरामद गरेको छ । अहिले यस घटनाको विरोधमा पटनाको सडकमा सर्वसाधारण उत्रिएका छन् । सर्वसाधारणले हत्यारालाई पक्राउ गर्नुपर्ने माग गरेका छन् । हत्याराका बाबु बिन्दी यादवमाथि हत्या, अपहरण र लुटका थुप्रै मुद्धा छन् । केही महिनाअघि प्रहरीले उनको घरबाट हतियार बरामद गरेको थियो । तर राजनैतिक पहुँच निकै माथिसम्म भएका कारण उनलाई कसैले कारबाही गर्न पाएको छैन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार उनले माओवादीलाई समेत हतियार सप्लाई गर्दै आएका छन् । स्रोत-ratopati.com

0 comments

Write Down Your Responses