सावधान ! इटहरीमा यसरी हुन्छ चोरी, हेर्नुहोस् चोरीको लाइभ भिडियो
भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस्

इटहरी स्थान : इटहरी गोरखा डिपार्टमेन्टल स्टोर अगाडि दुई जना १८ देखी १९ बर्षका युवा । डिपार्टमेन्टल स्टोर अगाडी यता उता गरिरहेका हुन्छन । त्यहीँ छेउमा एक व्यक्ति आफनो मोटरसाइकलबाट ओर्लन्छ । लगाएको ज्याकेट खोल्छ । एक युवा त्यहीँ छेउको व्यक्ति नजिक गएर २० र १० रुपयौँको नोट खसाल्छन् । र पैसा खसाल्ने युवाले ‘दाई तपाईंको पैसा झरेछ’ भन्छन । र बाटो लाग्छन । होला त भनेर ती व्यक्ति हातमा रहेको झोला बाईकमाथि राखेर पैसा टिप्न थाल्छन् । टिप्न मात्र के थालेका हुन्छन, पछाडि रहेका अर्के एक युवाले बाईकमा राखेका झोला टिपेर फरार हुन्छन् । यो चोरी ४३ सेकेण्डभित्र पूरा हुन्छ । पैसा सहितको झोला हराएपछि ती व्यक्ति अतालिन्छन, छेउछाँउ हेर्छन । तर, झोला चोरेर ती दुई युवा फरार भइसकेका हुन्छन् । स्थान : धरान लाईन निकै खचाँखच भरिएको गोरखा डिपाटमेन्टल स्टोर अगाडीको पार्किङ स्थल । जसमा एउटा निलो रङको पल्सल बाईकमाथि एक युवा बसिरहेका छन भने अर्काे छेउमा उभिएका । बसेको केही मिनेट अन्तरालमा छेउमा उभिएका एक युवाले लक भएको बाईकको हेण्डेल हातको साहरामा तोड्छन् । अनि केही छिनको लागी दुवै युवा हराउँछन । फेरी लक तोडिएको बाईक आसपासको रेकी गर्छन र फेरी बाईकमाथि बस्छन । अनि लक तोडिएको हेण्डलको तारा जोड्छन, बाईक स्टार्टको लागी । त्यस पश्चात दुवै केही पर रहेको अर्काे बाईकको हेल्मेट चोर्छन । चोरेको हेल्मेट लिएर फेरी त्यही बाईकनेर आउँछन । बाईक स्टार्ट गर्छन र फरार हुन्छन । जसमा बाईकका नंम्बर प्लेट प्रष्ट देखिन्छ । स्थान : इटहरीस्थित नविल बैक लिमिटेड भित्र एक व्यक्ति रातो झोला लिएर बैक छिर्छन । झोलामा धेरै रकम हुन्छ जो बैकमा डिपोजिट गर्ने आएका हुन्छन । रकम डिपोजिट गर्नेको लागि आबश्क फारम भर्नको लागी छेउको कुर्सीमा झोला राखेर फारम भर्न थाल्छन । ती व्यक्तिको ठिक पछाडी बैकको गार्ड उभिएका हुन्छन । र त्यहीँ गार्डको छेउबाट बिना चेकजाँच एक १३ बर्षको बालक बैंकमा प्रबेश गर्छन । र केही सकेण्ड भित्रै ती बालकले फारम भरिरहेका व्यक्तिको रातो झोला लिएर गार्डकै अगाडिबाट फरार हुन्छन । बैक प्रबेश गर्नेहरुको चेकजाँचको लागी हातमा सेन्सर डिभाईस बोकेका गार्डले आउने जानेहरुको कुनै जाँच गरेका हुन्नन् । गार्डकै अगाडिीबाट करिब ३२ लाख नगदको झोला लिएर ती बालक फरार भैसकेका हुन्छन । पछि ती व्यक्ति आफनो झोला खोज्न थाल्छन तर झोला चोरी भइसकेको हुन्छ । पूर्वको केन्द्रबिन्दुको रुपमा परिचित इटहरी उपमहानगर क्षेत्रमा ५ महिना यता यसरी नौलो तरिकाबाट चोरी भएका घटना दुई दर्जन छन् । कतिपय चोरी सिसिटिभी क्यामेरमा कैद भएका छन त कति नभएका । तर, सिसिटिभीको माध्यमबाट कैद भएको चोरीको तरिका देखेर जो कोही आश्चर्यमा पर्छन । पूर्वमा यसरी नयाँ तरिकाबाट चोरी शुरु भएको घटना इटहरीबाट सार्वजनिक भएको हो । ५ महिनाको अबधिमा इटहरीबाट १३ वटा भन्दा बढी मोटरसाइकल चोरी भए । पैसा झारेर ३ पटक सम्म पर्स र झोला चोरी भए । पेय पदार्थ खुवाएर, हिलो या थुक अर्काेको शरिरमा प्रहार गरेर नगद र सुन चोरी भएका घटना आदा दर्जन छन । नक्कली डलर र सुन देखाएर चोरी भएका घटना पनि धेरै छन । इटहरीको व्यस्त बजारमा भएका यस्ता चोरीले सर्वसाधरणको मन त्रसित बनाएको छ । चोरीका प्रकृति पनि निकै नयाँ देखिन थालेपछि आफु कसरी सुरक्षित हुने भन्ने सवाल अब इटहरीवासीमा देखिएको छ । इटहरीमा बिशेष गरि बाईक चोरीका घटना बढेको पाईन्छ । जसमा संगठित गिरोह सकृय रहेको देखिएको छ । एकै दिन दुईवटा मोटरसाईकल चोरी गर्नु र चोरी भएका साधन नभेटिनुमा संगठित गिरोह सकृय देखिएको हो । एउटै समुह मोटरसाईकल चोरीमा संलग्न भएको देखिन्छ । नेपालमा चोरी भएका साधनहरु भारतीय क्षेत्रमा नक्कली नंम्बर प्लेट प्रयोग गरि चलाईन्छ । यस्तै एक महिना अघि इटहरीको व्यस्त बजारबाट एक व्यक्तिको ४९ हजार नगद सहितको झोला क्षणभरमै गायब भयो । झोला हराएको बिषयमा प्रहरीलाई जानकारी गराए । पछि प्रहरीको अनुसन्धानबाट के देखियो भने ति व्यक्तिको सर्टमा हिलोका झिटा प्रहार भएको रहेछ । एक जनाले दाई तपाईको सर्टमा हिलो परेछ भन्ने कुरा आफुलाई भनेको ति व्यक्तिले पछि सम्झिए । त्यही हिलो छ भन्नेले नै ति व्यक्तिको सर्टमा हिलो झिटेका रहेछन । पछि झोला भुईमा राखेर सर्ट हेर्दा झोला नै गायब भयो । इटहरीमा नक्कली सुन देखाएर रकम साटोको घटना पनि छन । जसमा सोझासिधा व्यक्तिहरु पर्ने गरेका छन । जिल्ला प्रहरी कार्यालय सुनसरीमा अघिल्लो बर्ष ३७ चोरीका घटनाका निवदेन आएका थिए । तर, अहिले जिल्लामा चोरी बढेर ७१ वटा निवेदन प्रहरीकहाँ परेका छन । स–साना चोरीका उजुरी प्रहरीमा पर्दैनन् । चोरीका कूल घटनामध्ये आधा जतिको मात्र उजुरी पर्ने प्रहरी अधिकारी बताउँछन् । प्रहरीमा उजुरी परेका घटनाकै पनि छिनोफानो हुनु अर्थात् चोर पक्राउ र धनमाल वरामद निकै कठिन काम हो । अधिकांश उजुरीमाथि छानविन जारी नै रहन्छ, टुंगोमा पुग्दैन । चोरीका विरलै घटनामा मात्रै प्रहरीले सफलता पाउँछ । हुन पनि, सबभन्दा धेरै हुने अपराधमा पर्ने चोरी यस्तो अपराध हो, जुन प्रहरीका निम्ति सबभन्दा ठूलो टाउको दुखाई र अनुसन्धान गर्न सबभन्दा बढी कठिन हुन्छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरिक्षक(एसपी) पोषराज पोखरेल भने अघिल्लो बर्ष भन्दा यो बर्ष जिल्लामा चोरीका घटना बढेका छन । जसमा पछिल्लो समय बढी बाईक र मान्छेहरुको समान चोरी भएका छन । सुनसरीको इटहरी, धरान, दुहबी र सदरमुकाम इनरुवा प्रमुख बजार हो । एसपी पोखरेल भन्छन सबै भन्दा बढी चोरी इटहरी, इनरुवा, धरान र दुहबीमा घटेका छन । चोरीका प्रकृति हेर्दा हामी पनि आफै आश्चर्यमा छौ पोखरेल भन्छन चोरी एक्कासी बढेपछि प्रहरी पनि चनाखो भएको छ । एसपी पोखरेल भन्छन, ‘इटहरी उपमहानगर क्षेत्रमा भएका चोरीका घटनामा भारतीय मुलका पेसेबर चोर सकृय छन । उनीहरु प्राय भीडभाड, बंैक तथा महिला भएको स्थानमा सक्रिय हुन्छन ।’ इटहरी लगायत अन्य क्षेत्रमा चोरीमा संलग्न धेरैलाई प्रहरीले पक्राउ पनि गरेको छ । इटहरीमा बाईक चोरी गर्ने केही समुहलाई पक्राउ गरि सार्वजनिक पनि गरिएको थियो । जसमा १२ देखी १९ बर्ष सम्मका युवाहरुको सलग्न देखिएको थियो । यस्तै पैसा फाल्ने, नक्कली सुन देखाउने र हिलोका छिटा फाल्ने केही भारतिय मुलका चोर पनि पक्राउ परेका छन । तर, अझै पनि चोरीका घटनामा भने कमि आएको छैन । चोर पक्राउ गरेपनि बजारमा नयाँ नयाँ प्रकृतिका चोरीका घटना भने घटिनै रहेका छन । सुनसरीका प्रहरी उपरीक्षक पोखरेल भन्छन्, ‘हामी पनि चुप लागेर बस्दैर्नौ बढी भिडभाड भएका स्थानमा सादा पोसाकका प्रहरी परिचालन गरेका छौँ ।’ प्रहरीले अब भीडभाड हुनेस्थानमा सिसिटिभी क्यामेरा जडानको अभियान पनि संञ्चालन गर्ने पोखरेल बताउँछन । ‘जिल्ला प्रहरी मार्फत इलाका कार्यालयको समन्वयमा भीडभाडका स्थानमा सादा पोसाकका प्रहरीले शंकासपद व्यक्तिको निगरानि राख्ने छ ।’ प्रहरी उपरीक्षक पोखरेलले भने । स्रोत-ratopati.com

0 comments

Write Down Your Responses