फोरम महाधिवेशनमा हिडेको बस दुर्घटना, ३२ जना घाइते
भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस्

सप्तरी : फोरम लोकतान्त्रिकको महाधिवेशनमा सहभागी हुन धनगढीबाट विराटनगर हिडेको बस दुर्घटना भएको छ । ना ४ ख ९७४६ नम्वरको बस पूर्व–पश्चिम लोकमार्ग सडकखण्ड अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका स्थित कञ्चनपुर बेरियर नजिक विहान करिब ९ बजेको समयमा दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् । बसमा सवार घाइते यात्रुहरुको ठेलिया स्थित धर्मेश्वर हस्पिटलमा उपचार भइरहेको छ । घाइतेहरुमध्ये धनगढी नगरपालिका–१६ का बिमला चौधरी, रामप्रसाद चौधरी, सिरिया चौधरी र हरिकृष्ण चौधरी गम्भीर घाइते भएका छन् । उनीहरुको अवस्था गम्भीर रहेका कारण थप उपचारकालागि विराटनगर स्थित न्यूरो र नोबेल हस्पिटल पठाईएको ईलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक गौरव महतले जानकारी दिए । उनका अनुसार सडकमा आएको गाईलाई बचाउने क्रममा बस दुर्घटना भएको हो । प्रहरी र स्थानीयवासिन्दाको सहयोगमा घाइतेहरुको उद्धार गरिएको छ । स्रोत-nayapage.com

0 comments

Write Down Your Responses