के तपार्इंंलाई बारम्बार सेक्स गर्न मन लाग्छ ? के कोही महिलालाई देख्नेबित्तिकै उत्तेजना आएको महसुस हुन्छ ? या अश्लील चलचित्र हेर्न मन पर्छ ? यदि यसो हो भने सतर्क हुनुहोस्, तपाईंलाई सेक्स लत लागेको हुन सक्छ ।
धूमपान, मदिरापान, चिया जस्ताको लतजस्तै यो पनि एक किसिमको लत हो । सेक्स एक प्राकृतिक क्रिया हो । तर, सम्झनुपर्ने कुरा के छ भने हरेक बानी सामान्यभन्दा बढी हुन्छ भने त्यसले व्यक्तिमा नकारात्मक असर छाड्छ ।
यस्ले डर लाग्दो अवस्थामा पुर्याउछ । जब यौन क्रिया नियन्त्रणभन्दा बाहिर हुन्छ भने त्यसलाई सेक्स लत भनिन्छ । जुन व्यक्तिमा यस्तो लत हुन्छ, उसले आफ्नो अधिकांश समय यौन क्रियामा समय व्यतित गर्न मन पराउछ । मौका मिल्ने बित्तिकै सेक्सका बारेमा सोच्न सुरु गर्छन् ।
यसबाट उसको व्यवहार पनि परिवर्तन आउछ, जसको असर उसको निजी, सामाजिक तथा व्यवसायिक जीवनमा पर्छ । उनीहरुका लागि सेक्स परिवार, साथीभाई र कामभन्दा माथि हुन्छन् ।
सामान्यतः सेक्स लत किशोरावस्थामा लाग्छ । कैयौं मानिस किशोरावस्था पार गर्नेबित्तिकै सम्हालिन्छन् भने कतिपय ४० वर्षको उमेरपछि सेक्सका लागि लालायित हुन्छन् । सेक्सका दौरान एकप्रकारको तरल पदार्थ निस्कन्छ, जसले मानिसलाई यौन सुखको महसुस गराउछ । सेक्स लतको सुरुवात हस्तमैथुनबाट सुरु हुन्छ ।
सामान्यतः सेक्स लत किशोरावस्थामा लाग्छ । कैयौं मानिस किशोरावस्था पार गर्नेबित्तिकै सम्हालिन्छन् भने कतिपय ४० वर्षको उमेरपछि सेक्सका लागि लालायित हुन्छन् ।
सेक्सका दौरान एकप्रकारको तरल पदार्थ निस्कन्छ, जसले मानिसलाई यौन सुखको महसुस गराउछ । सेक्स लतको सुरुवात हस्तमैथुनबाट सुरु हुन्छ ।
यस्तो बेला किशोरकिशोरीहरु ढोका बन्द गरेर या एक्लै भएको मौका पाउनेबित्तिकै हस्तमैथुन गर्न थाल्छन् । मौका पाउनेबित्तिकै ... पार्ने वेबसाइट, पुस्तक तथा फिल्म हेरिहाल्छन् । त्यस्ता फिल्म हेर्नेक्रममै हस्तमैथुन गर्छन् । सामान्यतः हस्तमैथुनको नराम्रो असर नहुने सेक्सोलोजिष्टहरु बताउछन् ।
तर, अति हस्तमैथुनले स्वाभाविक रुपमा असर गर्छ । यसका साथै उनीहरु मनोवैज्ञानिक रुपमा हरपल विचलित हुन्छन्, सेक्सुअल्ली कमजोर भइयो भनेर । उनीहरु मनमा पनि हिनभावनाले ग्रसित हुन्छन्, तर, जब मौका पाउछन्, फेरि यौन क्रियाकलाप सुरु गरिहाल्छन् ।
यस्ता कतिपय व्यक्तिहरु इन्टरनेटमा पनि यौनिक रुपमा प्रस्तुत हुन्छन् । जब कसैसंग च्याट गर्छन् या टेलिफोनमा कुरा गर्छन्, घुमाईफिराई कुरालाई सेक्सतर्फ लैजान्छन् । अपरिचित महिलालाई यौनको दृष्टिकोणले हेर्छन् । यस्ता मानिसहरु धेरै महिलासंग संबन्ध बनाउन पछि पछि हट्दैनन् ।
महिला पनि हुन्छन् लतको
सेक्स लतको शिकार पुरुषमात्र होइन, महिला पनि हुन्छन् । पुरुषजस्तै महिला पनि एकान्तको मौका पाउनेबित्तिकै हस्तमैथुनमा लिप्त हुन्छन् । यहीकारण किशोरीले अनिच्छित गर्भधारण गर्ने क्रम पनि बढ्दै गएको छ । एक अध्ययनका अनुसार सेक्स लतका कारण ७० प्रतिशत महिलाको वैवाहिक जीवन प्रभावित हुनेगरेको छ ।
४० प्रतिशत महिलालाई श्रीमानले छाडेका हुन्छन् भने७२ प्रतिशतले आत्महत्याको प्रयास गर्छन् । यस्तै, ६८ प्रतिशत यौन रोगबाट ग्रसित हुन्छन् भने २७ प्रतिशतको करिअर डामाडोल भएको हुन्छ ।
५ लक्षण यस्ता छन् ।
१ तपाइँ निराश भएको बेला, तनाव हुँदा वा दिक्क लाग्दा सेक्स बारे कल्पना गर्नु हुन्छ वा त्यसका लागि कदम नै चाल्नु हुन्छ भने यो सेक्स एडिक्सनको संकेत हो ।
२ महत्वपूर्ण काम गरिरहेको समयमा वा परीक्षाका लागि पढिरहेको समयमा समेत यौनजन्य बिचारले दुःख दिन्छन् वा यौन जन्य गतिविधी गर्नु हुन्छ भने यो पनि
त्यसकै लक्षण हो । जुन कुरा यौन सम्बन्धी छैन त्यसमा समेत यौनिक विषय जोड्ने मनस्थितिमा पुग्नुलाई सेक्स एडिक्सन भनिन्छ ।
३ यदि तपाइँ अपरिचित ब्यक्तिसँग पनि यौनजन्य गतिविधी गर्न वा पैसा तिर्न समेत तयार हुनु भने पनि सम्झिनुस् तपाइँमा समस्या छ । निकटसँग यौनजन्य ब्यवहार
स्वभाविक हो तर अपरिचितसँग पनि उस्तै बिचार आउन थाल्नु सेक्स एडिक्सनको संकेत हो ।
४ यौनजन्य बिचार वा ब्यवहार नियन्त्रण गर्न बारम्बार प्रयास गर्दा पनि सक्नु हुन्न वा असफल भैरहनु भएको छ भने पनि यो सेक्स एडिक्सनको लक्षण हो ।
५ अरुको मनस्थिति वा आफ्नै समेत शारीरिक वा भावनात्मक अवस्था ख्याल नगरी जतिबेला पनि यौनजन्य गतिवधि गर्न खोज्नु हुन्छ भने यो पनि समस्या हो ।
इज्जतको समेत ख्याल नगरेर यौनिक क्रियाकलापमा उत्रिन थाल्नु भो भने सम्झिनुस् तपाइँ सेक्स एडिक्ट हो ।
सेक्सको क्षमता भए पनि नभएपनि जतिबेला पनि दिमागमा सेक्स सम्बन्धी बिचार आउनु वा यस्ता गतिविधीका लागि उद्दत रहनु सेक्स एडिक्सनको लक्षण हो ।
सेक्सको लत (सेक्स एडिक्सन) का पाच लक्षण यस्ता छन् ( यौन स्वास्थ्य )

0 comments
Write Down Your Responses