दुई बहिनीले एकसाथ एकै पुरुषसँग विहे गरेपछी ... !
भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस्

एजेन्सी । एक पुरुषले दुई महिलासँग प्रेम गरेको तथा विहे गरेको सुनिएकै कुरा हो । तर, मध्यप्रदेशको श्योपुर जिल्लामा एकै घरका दुई बहिनीले एकसाथ एकै पुरुषसँग विहे गरेका छन् । यहाँको सगी नामको आदिवासी समुदायका १९ वर्षीय भभूती र १८ वर्षीय कविताले २१ वर्षीय नीमासँग विहे गरेका छन् । सहरिया जनजाति समुदाय यी बहिनीमा जेठी भभूती शारीरिक रुपमा अविकसित छिन्, उनको हातको विकास भएको छैन् । यस्तो अवस्थामा उनकी बहिनी कविताले कसम खाएकी थिइन् कि उनी जो जून पुरुषसँग विहे गर्नेछिन, उसले उनकी दिदीसँग पनि विहे गर्नुपर्नेछ । राजस्थानको पहाड गाउँका नीमाले कविताको अडानका कारण दुबैसँग विहे गरे । उनी अहिले दुबै बहिनीका पनि हुन् । विहेपछि पहिलोपटक आफ्नो माइतीघर आएकी कविताले भनिन्- ‘हामी चार भाईबहिनी छौं । मेरा बुवाआमा बुढा भइसके र भाई धेरै सानो छ । मलाई चिन्ता थियो कि मेरी दिदीको ख्याल कसले राख्ला ।’ समाचार अनुसार अनुहारमा मुस्कान देखाउँदै गर्वका साथ कविताले अगाडि भनिन्- अब म निश्चिन्त छु । पतिसँग मिलेरै म दिदीको ख्याल राख्न पाउनेछु ।’ स्रोत-dainiknepal.com

0 comments

Write Down Your Responses