युएई । दृढ इच्छाशक्ती भए मानिसले हरेक काम गर्न सक्छ भन्ने भन्ने उदाहरण बनेकी छिन् झापा काकरभित्ताकी करुणा अधिकारी राई । मेचिनगर नगरपालिका १० स्थित बर्मेली टोल स्थायी ठेगाना घर भएकी अधिकारी (राई) अहिले युएईको ब्यस्त सडकमा ट्याक्सी चलाइरहेकी छिन् ।
कामप्रतिको लगाव तथा दृढ इच्छाशक्तिले उनलाई अहिले युएईमा हातका औलामा गनिने मात रहेका महिला ट्याक्सी ड्राईभरको रुपमा मात्र चिनाएको छैन, राम्रो आम्दानी गर्न समेत सफल भएकी छिन् । २ वर्ष पहिले भिडिट भिसामा युएई छिरेकि अधिकारी (राई) ले नेपालमा भने चारपांग्रे सवारीको स्टेरिङ एकपटक समेत समातेकि थिइनन् ।
तर, ३ महिने भिसामा आएकी उनको जव भिसाको समय बित्दै गयो, उनमा काम नभेटाएर नेपाल फर्कनुपर्ने हो कि भन्ने चिन्ताले समेत सताउन थाल्यो । अलसाया कम्पनिको पिन वेरीमा काम गर्दै आएका श्रीमानको कमाईमा मात्र बस्ने अवस्था पनि थिएन । त्यसैले उनले हिम्मत जुटाईन र श्रीमानसँग ट्याक्सी चलाउने कुरा बताईन् ।
तर, युएईको ट्राफिक र ९ लेन सम्मको सडकमा ट्याक्सी चलाउन त्यति सजिलो थिएन, त्यही पनि एकपटक पनि स्टेरिङ नसमाएको मान्छेलाई ।
श्रीमानसँग आफू जसरी भएपनि ट्याक्सी ड्राईभर बनेरै छाड्ने बताएपछि दुबै जना मिलेर ट्याक्सी कम्पनिको खोजिमा लागे । ‘यहाँ अफ्रिका तथा फिलिपिन्स लगायतका विभिन्न देशका महिलाहरुले ट्याक्सी चलाएको देखेर मलाई पनि ट्याक्सी ड्राइभरनै बन्न मन लाग्यो, र जसरी भएपनि बन्छु भनेर लागे,’ अधिकारी (राई)ले भनिन् ।
‘यहाँको बाटो र गाडिको चाप देख्दा त गाह्रो होला जस्तो लाग्या थियो । तर, मलाई भित्रैबाट केहि नयाँ काम गर्छु भन्ने इच्छाशक्तिका कारण म दृढ भएर अघि बढे र सफलता पाएँ, ’ उनले थपिन् ।
त्यसपछि दुबै जना युएईको अबुधाविमा रहेको अरेयिबा ट्याक्सी ट्रान्सपोटेसन कम्पनीमा गए । युएईमा एक पटक पनि गाडी नचाएकाले सुरुमा त कम्पनीका मान्छेले अाफ्नाे क्षमताप्रति अाशंका गरेका थिए । कागजपत्र बुझाएको केहि दिनपछि कम्पनिले बोलाएर आधा पैसा आफै बोहोर्नुपर्ने शर्तमा सवारी चालक अनुमती पत्र निकाल्न सहयोग गर्ने बताएपछि भने अधिकारी (राई) को खुशीको सीमा नै रहेन ।
झण्डै आधा वर्ष ड्राईभिङ स्कुलमा सिकेपछि दोश्रो पटकको प्रयासमा उनले सवारी चालक अनुमती पत्र लाईसेन्स निकाल्न सफल भईन् ।
त्यसपछि उनको सपना पुरा भयो र सन् २०१४ को अगस्ट महिनादेखि उनले ट्याक्सी कुदाउँन थालिन् ।
डेढ वर्ष भन्दा लामो समय युएईको सडमा ट्याक्सी गुडाइसकेकी अधिकारी भन्छिन्, ‘बाटो फराकिलो भएकाले कुदाउन सजिलो भएपनि अन्य ड्राइभरले साईट नदिदाँ सुरु सुरुमा भने धेरै अफ्टारो पर्यो तर पनि हिम्मत हारिन्’ उनले भनिन् ।
taxi-chalak-mahila3
एक महिनामा एक लाख रुपैयाँ भन्दा बढी कमाउँदै आएकी अधिकारी (राई) भन्छिन् ‘ मैले अन्य काम खोजेर बसेको भए अहिले नेपालमै घरधन्धा गरिरहेको हुन्थे होला, तर मेरो अठोट र ईच्छा शक्क्ति राखेका कारण आज यतिसम्म गर्न सकेको छु ।’
श्रीमानको भन्दा बढि कमाउँदै आएकि अधिकारीले (राई) खाडी लगाएका देशमा नेपाली महिलाहरुले घरमा मात्र काम गर्ने तथा अन्य काम गर्न नसक्ने सोचलाई पराजित गरेकी छिन् । केहि गर्न सक्छु भन्ने हिम्मत राखेर मेहनत गरे महिलाले पनि पुरुषको जस्तै र त्यो भन्दा राम्रो काम गरेर देखाउँन सक्ने अधिकारी (राई) बताउँछिन् ।
३३ वर्षकी अधिकारी (राई) दम्पितिको अहिले ११ महिनाको छोरि समेत रहेको छ । अझै केहि वर्ष युएईमै काम गर्ने सोच रहेको र कहिले नेपाल जाने भनेर योजना बनाई नसकेको उनले बताईन् ।
ईच्छा शक्तिले दिएको सफलताः युएईमा ट्याक्सी चलाउँदै नेपाली महिला

0 comments
Write Down Your Responses