दुर्घटनामा बाँकेका एमाले नेता ओलीको मृत्यु
बाँकेको अगैया भन्ने स्थानमा भएको सवारी दुर्घटनामा परी एमाले बाँके जिल्ला कमिटी सदस्य भेदलाल ओलीको मृत्यु भएको छ।
बाँकेको कोहलपुरबाट भे ६ प ८२७ नम्बरको मोटरसाइकल चढेर कुसुमस्थित घर जाँदै गरेका ओली पूर्वपश्चिम राजमार्गको अगैया नजिकै रोकी राखेको लु १ ख ६८९३ नम्बरको ट्रकमा ठोक्किएका थिए।
दुर्घटनामा गम्भीर घाइते भएका उनीको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।
दुर्घटनामा परेर बिग्रिएका कारण सडकमै रोकिराखेको ट्रकमा सोमबार राति करिब ८ बजे तिर ओलीको मोटरसाइकल ठोक्किएको इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेले जनाएको छ।
ओली बाँकेको खासकुश्मा गाविसका पूर्व गाविस अध्यक्ष समेत हुन्।
प्रकाशित मिति: मंगलबार, बैशाख २१, २०७३ १०:४७:०१
setopati.com बाट साभार गरिएको

0 comments
Write Down Your Responses