नेपाली युवतीले दिल्लीमै महिला प्रहरी अफिसरलाई यसरी हानिन् थप्पड
भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस्

काठमाडौं, २ जेठ । भारतको राजधानी दिल्लीमा एक नेपाली युवतीले भारतीय पुलिस फोर्सकी एक महिला अफिसरमाथि हात उठाएकी छिन् । भारतीय टेलिभिजन च्यानल पञ्जाब केसरीले यो खबरको पुष्टि गर्दै तृप्ती नामकी नेपाली युवतीले दिल्लीकी महिला प्रहरी कास्टेबललाई थप्पड हानेको भिडियो समेत सार्वजनिक गरेको छ । थप्पड खाने महिला प्रहरी अफिसरको नाम खुलाइएको छैन् । समाचार अनुसार नेपाली युवतीको अटो (टेम्पु) वालासँग झगडा परेको थियो । ती अटोवाला तृप्तीलाई लिएर प्रहरी चौकी गए । त्यहाँ पनि विवाद भएपछि तृप्तीले भारतीय प्रहरीकी महिला अफिसरमाथि हात उठाएकी हुन् । उनले मदिरा पिएको अनुमान गरिएको छ । उनलाई अहिले मेडिकल चेकजाँचका लागि अस्पताल लगिएको छ । रिपोर्ट आएपछि कारवाही प्रक्रिया अगाडि बढाइनेछ ।

0 comments

Write Down Your Responses