ओलीले गरे अरु कुनै प्रधानमन्त्रीले गर्न नसकेको पहल ! बमबारे ध्यानाकर्षण
भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस्

काठमाडौँ, २९ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले यूएईमा मृत्युदण्डको सजायँ सुनाइएका नेपाली नागरिक अमरबहादुर बमलाई बचाउन पहल सुरु गरेका छन् । यसअघिका सरकारले बचाउन पहल गर्ने आश्वासन दिने गरेपनि यसलाई मृत रुप ओलीले दिने प्रयास गरेका हुन् । उनले युएइका विदेश तथा अन्तर्राष्ट्रिय सहयोगमन्त्री शेख अब्दुल्लाह बिन जायेद अल नह्यानसँग बमबारे सिधा कुरा राखेका छन् । मंगलबार राति बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले नेपाली नागरिक अमरबहादुर बम सन् २००३ देखि दुबई केन्द्रीय कारागारमा रहेको र बम निर्दोष भएकाले आममाफी दिनका लागि आग्रह गरे । सवारी चालकको रुपमा काम गर्ने बमलाई भारतीय नागरिकको हत्या गरेको आरोप लागेको छ । युएइका विदेशमन्त्री नह्यानले यसबारेमा आफूले बुझ्ने र बचाउन सहयोग गर्ने वचन दिए । त्यसक्रममा नेपालमा भूकम्पपश्चात् युएइ सरकारले तत्काल गरेको सहयोगप्रति ओलीले धन्यवाद दिए । उनले नेपालमा संविधान जारी गरेर अव विकासको चरणमा लागेको समेत जानकारी गराए । प्रधानमन्त्री ओलीले युएइ सरकारलाई जलस्रोतलगायत क्षेत्रमा लगानी गर्न आह्वानसमेत गर्नुभएको प्रधानमन्त्री ओलीका परराष्ट्र विज्ञ गोपाल खनालले जानकारी दिए । दुई देशको लगानी संरक्षण र सम्बद्र्धन, सम्झौता र दोहोरो कर अन्त्य गर्नेलगायत छलफल अन्तिम चरणमा पुगेकाप्रति प्रधानमन्त्री ओलीले दुई सम्झौता सकारात्मक रहेको बताए । भेटमा युएइका विदेशमन्त्री नह्यानले भूकम्पपश्चात पुनःनिर्माणको कामलाई प्राथमिकता दिएकाप्रति खुशी व्यक्त गर्दै संविधान जारी गरेपछि नेपालमा ठूलो राजनीतिक परिवर्तन भएको र अब विकास गर्नुपर्ने चुनौती रहेको बताए । उनले नेपाल स्रोत र साधनले धनी राष्ट्र भएको र नेपाल पर्यटकीय आर्कषणस्थल बन्ने सक्ने र त्यसका लागि आफ्नो देशको सरकार सहयोग गर्न तयार रहेको जानकारी गराए । पछिल्लो छोटो समयमा युएइ सरकारले राम्रो आर्थिक विकास गरेको भन्दै विदेशमन्त्री नह्यानले दुई देशबीच दुई सम्झौता अगाडि बढाउन चाहेको बताए । साथै, उनले आगामी जनवरीमा हुन लागेको ऊर्जा सम्मेलनमा युएइमा आउनका लागि निमन्त्रणासमेत दिएको प्रधानमन्त्रीका परराष्ट्र विज्ञ खनालले जानकारी दिए । रासस

0 comments

Write Down Your Responses