काठमाडौं – अमेरिकाको लसभेगासस्थित एसडी मार्केटमा हुने अन्तर्राष्ट्रिय एक्सपोमा नेपालबाट नेपलिज दि कलेक्सन प्रालिले सहभागिता जनाउने भएको छ । अफोर्डेबल सपिङ डेष्टिनेशन (एएसडी) मा हुने उक्त मेलामा नेपालको तर्फबाट सहभागि हुने नेपलिज दि कलेक्सनले यस अघि ३ पटक सहभागिता जनाइसकेको छ ।
अमेरिकी सरकारले नेपालबाट निर्यात गरिने सामानमा छुट दिएको अबसरलाई सदुपयोग गर्दै ह्याण्डी क्राफ्ट, पश्मिना, सिल्भर ज्वलरी, अर्गानिक उत्पादन, थांका, उडन क्राफ्ट, गार्मेन्टस लगायत दर्जन बढी नेपाली उत्पादन प्रदर्शनीमा ब्यापारका लागि राखिने एएसडीका नेपाल प्रतिनिधी जुनी बज्र बज्राचार्यले बताए । एसडी मार्केटमा हुने उक्त मेलामा हस्तकलाको मुल्य, डिजाइन कन्सेप्टको मुल्य ग्राहले तिर्ने र ब्यापारीका लागि इम्पोटर्स खोजी दिने कार्यसमेत गरिने बताइएको छ ।
एसडी मार्केटमा भएको पहिलो संस्करणमा २ वटा, दोस्रो संस्करणमा ३ वटा र तेस्रो संस्करणमा ५ वटा स्टल राखेर नेपालको प्रतिनिधित्व गरेको र यसपटक अन्य ब्यबशायीले पनि भाग लिने पक्का भएकोले १० वटा स्टलमार्फत नेपाली उत्पादन बिश्व बजारमा चिनाउन सजिले हुने बज्राचार्यले बताए ।
लस भेगासमा हुने यस एक्सपोमा ४५ हजार भन्दा बढी स्टलमा २७ सय भन्दा बढी कम्पनीहरुले सहभागिता जनाउने छन् । ९५ देशको सहभागिता रहने यो मेला ५५ बर्षदेखि चल्दै आएको छ ।
बिदेशीहरुले नेपाली उत्पादनलाई मन पराउँदै गएको र बिशेष गरि हातबाट बनेका सामानको माग बढि रहेको र यस्तो सामान मार्फत नेपाली निर्यातकर्ताले गुणस्तर कायम गर्न सके राम्रो हुने एएसडी मेलाका इन्टरनेशनल बिजनेश डेपलपमेन्ट मेनेजर स्टेफन स्ट्यागलियानोले बताए ।
होलसेल बजारमा चीनको प्रभाब राम्रो भएपनि आर्ट एण्ड क्राफ्ट डिजाइनमा नेपाल अझैपनि नम्बर एक रहेको बताउँदै स्टेफनले मेशिनबाट बनेको सामान भन्दा हातबाटै बनेको सामानप्रति खरिदकर्ताको चासो रहेको बताए ।
यस अघि भएको एक्सपोमा नेपालको तर्फबाट २० भन्दा बढी ब्यबशायीको सहभागिता रहने बताउँदै नेपालका लागि बिक्री प्रबन्धक सदिक खानले यो पटकको सहभागिता दोब्बर हुने जानकारी दिए ।
स्रोत-www.ratopati.com
अमेरिकामा नेपाली उत्पादनको प्रदर्शनी गरिँदै

0 comments
Write Down Your Responses