चीनको गतिबिधि बिरुद्द नेपाली सेनाले एक्शन लिने
भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस्

प्रबासी खबर, काठमाडौँ, १६ फागुन । नेपाल र चीनका वरिष्ठ सुरक्षा अधिकारी सम्मिलित द्विपक्षीय बैठक आज यहाँ सम्पन्न भयो । परराष्ट्र मन्त्रालयमा भएको उक्त बैठकमा नेपालले चीनको राष्ट्रिय स्वार्थमा आघात हुने कुनै किसिमका गतिविधि नेपाली भूमिबाट हुन नदिने र एक चीन नीतिप्रतिको प्रतिबद्धता पेस गरेको थियो ।

 बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएका परराष्ट्र मन्त्रालय, उत्तरपूर्व एसिया महाशाखाका प्रमुख झवीन्द्र अर्यालका अनुसार बैठकमा नेपाल–चीन सीमा सुरक्षा लगायत पारस्परिक सम्बन्धका सबै विषयमा छलफल तथा सम्झौता भएको थियो । बैठकमा चिनियाँ पक्षले मार्च महिनामा चीनमा धार्मिक, सांस्कृतिक एवम् विविध उत्सव परेकाले चीन विरोधी गतिविधि हुन नदिन नेपाली सुरक्षा अधिकारी विशेष सजग रहनुपर्नेमा जोड दिएको थियो । 

जवाफमा चीन विरोधी गतिविधी हुन नदिन सेना लगायतका सुरक्षा निकायलाई परिचालन गर्ने प्रतिबद्धता नेपाली अधिकारीले जनाएका थिए । बैठकमा चिनियाँ पक्षको नेतृत्व त्यहाँको परराष्ट्र मन्त्रालयका बाह्य सुरक्षा मामिलासम्बन्धी महानिर्देशक ल्यु गोआङ्यानले गर्नुभएको थियो भने साथमा नेपालका लागि चिनियाँ राजदूत ऊ चुन्ताईलगायत ११ जनाको सहभागिता थियो । बैठकमा नेपालबाट परराष्ट्र, गृह, राष्ट्रिय अनुसन्धान, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका उच्चअधिकारी हुनुहुन्थ्यो । रासस

,

0 comments

Write Down Your Responses