यस्तो छ मलेसियाको लक्ष्य
क्वालालम्पुर–मलेसियाले दैनिक १ हजार ५ सय अवैधानिक आप्रवासी कामदारलाई पक्राउ गर्ने लक्ष्य लिएको छ । जस अन्र्तगत अहिले पक्राउ अभियान व्यापक रुपमा चलाईरहेको छ । पक्राउ परेकालाई सोझै घरफिर्ती केन्द्रमा पठाईने मलेसिया अध्यागमन विभागका नवनियुक्त निर्देशक शकिव कुश्मीले बताए । मलेसिया सरकारको यस धरपकड अभियानले अवैधानिक आप्रवासी कामदार घर फर्किने या वैधानिक भएर बस्ने, भन्ने कुराको मार्ग तय गर्ने निर्देशक शकिवले स्पष्ट पारे । सरकारले पुन पक्रियामा आउन अवसर दिएकाले यस प्रक्रियामा नआउनेहरु धरपकडपछि सम्बन्धित मुलुक फर्किनुको विकल्प नहुने निर्देशक शकिवलाई उदृत गर्दै फ्रिमलेसिया टुडेले खबर छापेको छ । निर्देशक शकिवले ५ लाख अवैधानिक कामदार यसैबर्ष वैधानिक बन्ने पनि विश्वास व्यक्त गरे । मलेसिया सरकारले अवैधानिक आप्रवासीलाई धरपकड पनि गर्ने र वैधानिक बन्ने अबसर पनि सँगसँगै दिने गर्दा यसले थप अन्यौलता पैदा गरीदिएको छ । अबैधानिक कामदार कुनै एकजना रोजगारदाताको साथमा प्रक्रियामा जानुपर्ने हुन्छ । सरकारले अबैधानिक आप्रवासी कामदारमाथिको धरपकड जारी राख्दा प्रक्रियामा लैजान रोजगारदाताले समेत आट गर्न नसकेको देखिन्छ । अवैधानिक कामदारलाई आफ्नो वैधाकिन कामदार बनाउन तयारी अवस्थामा बसेका रोजगारदाताहरु पनि सरकारको निती पर्ख र हेरको सिद्धान्तमा बसेका छन् ।


0 comments
Write Down Your Responses