लोडसेडिङ घटाउने काम सरकारको पहिलो प्राथमिकतामा : ऊर्जामन्त्री
भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस्

प्रबाशी खबर, फागुन १६ । उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले ऊर्जा सङ्कट अन्त्य गर्न सरकारले सबै विधि अपनाइरहेको बताएका छन् । 

अखिल क्रान्तिकारी बुटवल बहुमुखी क्याम्पसले आइतबार बुटवलमा आयोजना गरेको कार्यक्रममा उनले लामो सयम विद्युत् कटौती गर्दा आमनागरिक र उद्योगी व्यवसायी मर्कामा परेकाले विद्युतभार कटौती न्यूनीकरण गर्न सरकार गम्भीर रहेको बताए ।

 उपप्रधानमन्त्री रायमाझीले एक वर्षभित्र नेपाललाई विद्युतभार कटौतीमुक्त गराउने गरी नयाँ योजना अघि बढाइएको उल्लेख गरे । हाल ६०० मेगावाट विद्युत् उपलब्ध भइरहेको र न्यूनतम् एक हजार ५०० मेगावाट विद्युत् उत्पादन भए नेपाललाई विद्युतभार कटौतीमुक्त बनाउन सकिने उनको भनाइ थियो । (रासस)

0 comments

Write Down Your Responses