अस्ट्रेलिया आउने नेपाली विद्याथीहरुलाई एन आर एन अस्ट्रेलियाले हेल्प डेस्क उपलब्ध गराउने
प्रबासी खबर, एन आर एन अस्ट्रेलियाले अस्ट्रेलियाका प्रत्येक राज्यमा आफ्ना विभिन्न कार्यक्रम गर्ने क्रममा बिधार्थीहरुको सुबिधाको लागि बिधार्थी हेल्प डेस्क र हट लाइन नम्बर सार्वजनिक गरेको छ l
बिधार्थीहरुको कुनै पनि सूचना तथा आपतकालीन सुबिधाको लागि सातै दिन २४ सै घण्टा हेल्पलाइन नम्बर 1800314577 खुल्ला हुनेछ भने पश्चिम अस्ट्रेलियाको लागि एक्स्टेन्सन नम्बर ४ रहेको छ
यसै क्रममा एन आर एन ए पश्चिम अस्ट्रेलियाको बिधार्थी हेल्प डेस्क संयोजकमा नबिन बिडारी चयन हुनुभएको छ l बिडारीका अनुसार पर्थमा आउने हरेक बिधार्थिहरुको लागि पुर्व जानकारी गरेको खण्डमा फ्री एयरपोर्ट पिक अप को व्यवस्था समेत भएको साथै आवास खोजिदिन सहयोग गर्ने , आपतकालीन सम्पर्क , अस्ट्रेलियाको नियम कानुन, यातायात, हेल्थ, बैंक खाता, ट्याक्स अथवा ए. बि. एन, रोजगार कसरि खोज्ने जानकारी लगाएतको व्यवस्था समेत रहेको संयोजक बिडारीले बताउनु भयो l
पछिल्लो समयमा अस्ट्रेलिया आउने बिधार्थिहरु अस्ट्रेलियामा आइसके पछि रोजगारी र अन्य कारणले कतिपय बिधार्थिहरु कुलतमा लाग्ने र आत्माहत्या गर्नेको संख्या समेत बढेको छ l यी सबै कुराहरुलाई मध्यनजर गर्दै एन. आर. एन. अस्ट्रेलियाले बिधार्थी हेल्प डेस्क र हट लाइन नम्बर सार्वजनिक गरेको छ l

0 comments
Write Down Your Responses