चीनको तारे भीरमा शिशाको घर (फोटो फिचर)
भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस्

एजेन्सी: पछिल्लो समय पर्यटक तान्न भीर पहरा र जंगलमा अनेक पूर्वाधार बनाइरहेको चीनको तारेभीरमा बनाइएको एउटा संरचना हेर्दा गरेमा जे पनि सम्भव हुने देखाएको छ । चीनले नेपालका पहाडी र हिमाली क्षेत्रमा पाइनेजस्तै विशाल तारेभीरमा विश्वको सबैभन्दा अग्लो शिशाको पारदर्शी घर (ग्लास एलिभेटर) बनाएको छ । ३२६ मिटर अग्लो यो घरस्वरुपको एलिभेटर अहिले विश्वचर्चित बनिरहेको छ । यसको फोटो अहिले सामाजिक सञ्जालमा संसारभर भाइरल भइरहेको छ। यो एलिभेटरलाई 'हन्ड्रेड ड्रेगन स्काइ लिफ्ट' नाम दिइएको छ। यो एलिभेटरलाई चीनको झियाङजियाजीस्थित फोरेस्ट पार्कको उलिङ्गयुआनमा चट्टानको छेउमा बनाइएको छ। यसलाई बनाउन चीनले एक सय ६० करोड रुपैंया खर्चेको हो । पिपुल्स डेली चाइनाको रिपोर्ट अनुसार यो शिशाको पारदर्शी एलिभेटर संसारको सबैभन्दा अग्लो एलिभेटर हो। यो बनाउने क्रममा तीनवटा ग्लास एलिभेटर लगाइएको छ। प्रत्येक एलिभेटरले एक पटकमा ५० जनालाई एक हजार ७० फिट माथिसम्म पुर्याउन सक्ने क्षमता राख्दछ। यसलाई सन् १९९९ देखि बनाउन सुरु गरिएको थियो । सन् २००२ मा निर्माण पुरा भएपनि यसलाई सुरक्षाको कारण देखाउँदै बन्द गरिएको थियो। फेरि सन् २००३ मा पुनस् सुरु सञ्चालन गरियो। झियाङजियाजी फोरेस्ट पार्क करिब ३ हजार ६ सय ७० स्क्वायर माइलमा फैलिएको छ जसलाई विश्व सम्पदा सूचीमा सूचिकृत समेत गरिएको छ। यहाँ नै विश्वको सबैभन्दा ठूलो शिशाको पुल समेत बनाउने तयारी गरिएको छ। ९ सय ८० फिट उचाईमा बनाउन लागिएको यसको काम मे महिनाबाट सुरु गरिनेछ। annapurnapost.com - बाट

0 comments

Write Down Your Responses